26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

इकाेनाेमिक रिपाेटर्सद्वारा दुई पत्रकारसहित ४ जना सम्मानित

वीरगंज । इकाेनाेमिक रिपाेटर्स एसाेसिएशन नेपालले आज एक कार्यक्रमका बिच दुई पत्रकारसहित ४ जनालाई सम्मान गरेकाे छ ।

एसाेसियशनले नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चाैहान, खाेज पत्रकारिता केन्द्र काठमाडाैंका अध्यक्ष चन्द्रकिशाेर झा, वीरगंज उद्याेवाणिज्य संघका अध्यक्ष गाेपाल केडिया र बरिष्ठ उपाध्यक्ष शुबाेध गुप्तालाई सम्मान गरेकाे हाे ।

वीरगंजकाे गण्डकस्थित क्लर्कस रिसाेर्टमा आयाेजित एसाेसियशनकाे समिक्षा भेलामा कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ पत्रकार जगदिश शर्माले चारै जनालाई सम्मान पत्रले सम्मान गरे ।

संघिय संरचना मुलुक गएपछि वीरगंजबाट नेपाल पत्रकार महासंघकाे प्रदेश अध्यक्ष भएकाेमा दिपेन्द्र चाैहानलाई, वीरगंज कै पत्रकार चन्दकिशाेर झा खाेज पत्रकारिता केन्द्र काठमाडाैंकाे अध्यक्ष भएकाेमा र वीरगंजबाट नै उद्याेग वाणिज्य संघ नेपालकाे कार्यकारणी सदस्यमा निर्वाचित भएका गाेपाल केडिया र सुबाेध गुप्तालाई सम्मान गरिएकाे एसाेसिएशनका निर्वतमान अध्यक्ष रितेश त्रिपाठीले वताए ।

एसाेसिएशनका अध्यक्ष ओमप्रकाश खनालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंजका बरिष्ठ उद्याेगी अशाेक बैध, अशाेक टेमानी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा लगायतकाे सहभागिता रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:2.922 sec. Memory consumption:81.5 mb