26.8 C
Birgunj
5 October 2024
KALIKATIMES.COM

अत्यधिक चिसोको कारण पर्साका विद्यालय बन्द

- अत्यधिक चिसोको कारण पर्साका विद्यालय बन्द

वीरगंज । हुस्सो र शितहलरले बढ्दै गरेको चिसोका कारण पर्साका विद्यालयहरु बन्द भएका छन् । मध्य तराईसहित पर्सामा केही दिनदेखी एक्कासी बढेको चिसोको कारण पर्साका विद्यालयहरु बन्द भएको हो ।

अत्यधिक चिसोको कारण पर्साका विद्यालय बन्द

चिसो हावासंगै बढ्दै गरेको हुस्सो र शितलहरले जनजिवन प्रभावित भएपछि पर्साका अधिकांश पालिकाले बिद्यालय बन्द गरेका छन् । निरन्तर रुपमा चिसो घट्ने क्रम नरोकिएर बढ्दै गरेको अवस्थालाई मध्यनजर गर्दै पर्साको सखुवा प्रसौनी गाउँपालिमा माघ ७ गतेदेखी १० गते सम्मको लागी सबै विद्यालयलाई बन्द गरिएको गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले जानकारी दिए । उनले माघ ११ गते आईबारदेखी सबै विद्यालय पूनः संचालन हुने जानकारी गराए ।

अत्यधिक चिसोको कारण पर्साका विद्यालय बन्द

अत्यधिक चिसोको कारण विधार्थीहरुको स्वास्थयमा पर्न सक्ने असरको सम्भावनालाई मध्यनजर गर्दै विन्दवासिनी गाउँपालिकाले पनि माघ ७ देखी ९ गतेसम्मको लागि विद्यालय बन्द गरेको गाउँपालिका शिक्षा समितिले सूचना निकालेको छ । नेपाल शिक्षक महासंघ विन्दवासिनी र विन्दवासिनी गाउँपालिकाबिच छलफल भई समुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुको पठनपाठन पुनः दुई दिन बन्द गर्ने जानकारी गराईएको छ ।

यस्तै बहुदरमाई नगरपालिकाले पनि चिसोको कारण छात्रछात्रामा पर्ने प्रतिकुल असरलाई ध्यानमा राखी माघ ७ देखी ९ गतेसम्म तीन वटा विद्यालय मात्रै बन्द रहने सूचना सार्वजनिक गरेको छ ।

                                                      मजदुर मारमा, दैनिक छाक टार्ने चिन्ता
चिसो बढेसंगै देनिक ज्यालादारी गरी खाने बारा, पर्साका मजदुर पनि मारमा परेका छन् । पसकिो सदरमुकाम वीरगंज शहरमा दैनिक हजारौंको संख्यामा काम गर्न आउने कामदारसमेत चिसोका कारण मारमा परेका हुन् ।

 चिसो बढ्ेसंगै औधोगिक नगरी वीरगंज क्षेत्रमा मानिसको चहलपहल घटेको छ । पर्साको ग्रामिण भेगबाट हजारौको संख्यामा दैनिक मजदुरी गर्न वीरगंज आउने मजदुर प्रभावित भई उनीहरुको संख्यामा कमी आएको छ । निरन्तर यसरी नै कुहिरो बढ्दै गयो भने दैनिक मजद’री गरि जिविकोपार्जन गर्ने परिवारलाई दैनिक छाक टार्न आउने समस्याले मजदुरहरु झन चिन्तित देखिएका छन् ।

                                                                     दुर्घटनाको जोखिम बढ्यो
अत्यधिक कुहिरोले गर्दा २५र३० मिटर पर देखिएको छैन् । जसले सवारी साधन आवत जावतमा पनि कमी आएको छ र केही सवारी साधनहरु लाईट बालेर चलिरहेका छन् । सवारी साधन लाईट बालेर चलाए पनि पूर्वपश्चिम राजमार्गमा कुहिरोले दुर्घटनाको जोखिम बढेको देखिन्छ ।

प्रत्येक वर्षझै यसवर्ष पनि हुस्सो र शितलहरले हुने जोखिमबाट बचाउँन विपत व्यवस्थापन समिति नै सक्रिय हुन आवश्यक देखिएपनि त्यसतर्फ ठोस् कदम चालेको नदेखिएको बुद्धिजिवीहरुले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

चाडबाडमा जथाभावी मूल्यवृद्धि नगर्न पर्साका सिडिओकाे निर्देशन

कालिका टाईम्स

‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

कालिका टाईम्स

छपकैयाका ठकुराईका कारण बाटो निर्माण अवरुद्ध, महानगर मौन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.280 sec. Memory consumption:87.7 mb