36 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

माेटरसाइकल चाेरीमा वृद्धि, पत्रकारहरुद्वारा जिप्रकाकाे ध्यानाकर्षण

वीरगंज । वीरगंजकाे सुरक्षा व्यवस्था फितलाे भएसंगै माेटरसाइकल चाेरीमा वृद्धि भएकाे छ ।

वीरगंजकाे विभिन्न ठाउँबाट दिनदहाडै हुने माेटरसाइकल चाेरीकाे घटनामा वृद्धि हुदै जादा बुधबार पत्रकारहरुकाे एक टाेलीले जिल्ला प्रहरी कार्यालय पर्साकाे ध्यानाकर्षण गराएकाे छ ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराकाे नेतृत्वमा प्रहरी कार्यालय पुगेकाे टाेलीले प्रहरी नायब उपरिक्षक मनाेजित कुंवरलाई भेटेर माेटरसाइकल चाेरी बारे अवगत गराएकाे हाे ।

पत्रकारहरुकाे गुनासाे सुनेपछि पर्सा प्रहरीकाे प्रवक्ता समेत रहेका कुंवरले माेटरसाइकल चाेरीकाे नियन्त्रण गर्न आजैदेखि पर्सा प्रहरी तदारुकताकाे साथ लाग्ने प्रतिवद्धता जनाए ।

साे टाेलीमा प्रेस संगठन नेपालका केन्द्रिय सदस्यद्वय राघव साह, वृजलाल पासवान, प्रदेश सदस्यहरु बिजय भण्डारी, किरणराज पाण्डे, संजिव मिश्रा, प्रमाेद यादव, संघिय प्रेस फाेरम पर्साका अध्यक्ष आरके पटेल, पत्रकारहरु मनाेज पटेल, अजय चाैरसिया लगायतकाे सहभागिता रहेकाे थियाे ।

मंगलबार दिउसाे मात्र वीरगंजबाट प्रकासित पर्दाफास दैनिकका प्रकाश/प्रबन्ध निर्देशक राघव साहको मोटरसाईकल चोरी भएको थियाे । पत्रकार साह काम विशेषले पर्सा जिल्ला अदालत जांदा राधेमाई चौक अदालत एरियाबाट चोरी भएको घटना बारे पनि प्रहरीलाई टाेलीले जानकारी गराएकाे थियाे ।

पत्रकार साहको नाउ“मा दर्ता रहेको ना ४६ प ६१८१ नं. को सुपर स्पेलेण्डर कालो रंगको मोटरसाईकल पर्सा जिल्ला अदालत देखि पश्चिम, साउथ जोन बोर्डि· स्कूल देखि दक्षिण, श्री वैष्णो देवी वचत तथा ऋण सहकारी संस्थाको अगाडि सडक छेउमा पार्किङ्ग· गरी राखेको अवस्थामा मोटरसाईकल करिब २ः३० बजेको समयमा चोरी भएको थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:7.543 sec. Memory consumption:82.49 mb