36 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

पत्रकार साहको मोटरसाईकल चोरी

वीरगंज । वीरगंजबाट प्रकाशित हुने पर्दाफास दैनिकका प्रकाशक एवं प्रबन्ध निर्देशक राघव साहको मोटरसाईकल मंगलबार दिउसो चोरी भएको छ ।

पत्रकार साह काम विशेषले पर्सा जिल्ला अदालत जांदा राधेमाई चौक अदालत एरियाबाट सुपर स्पलेन्डर माेटरसाइकल चोरी भएको हो । पत्रकार साहको नाउ“मा दर्ता रहेको ना ४६ प ६१८१ नं. को सुपर स्पेलेण्डर कालो रंगको मोटरसाईकल पर्सा जिल्ला अदालत देखि पश्चिम, साउथ जोन बोर्डिङ्ग स्कूलदेखि दक्षिण, श्री वैष्णो देवी वचत तथा ऋण सहकारी संस्थाको अगाडि सडक छेउमा पार्कि· गरी राखेको अवस्थामा  करिब २ः३० बजेको समयमा चोरी भएको साहले बताए ।

ईन्जिन नं. JA05ECH9C00177 र चेसिस नं. MBLJA05EWH9C00100 को भएकाे १२४.७ सिसिको सुपर माेटरसाइकल चाेरी भएकाे पिडित साहले जानकारी गराए । प्रेस संगठन नेपालका केन्द्रिय सदस्य समेत रहेका पत्रकार साहले मोटरसाईकल चोरी भए लगतै वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्सालाई जानकारी गराए पनि अबेर रातीसम्म माेटरसाइकल पत्ता नलागेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:8.207 sec. Memory consumption:82.49 mb