7 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीकाे छैठाे गाउँ सभामा विभिन्न विधेयक पेश

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाकाे छैठाे गाउँ सभाको उद्घाटन सत्र मंगलबार सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो गाउँ सभा तथा गाउँपालिकाको छैठौँ गाउँ सभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।

गाउँपालिकाको वडा नं २ स्थित दिपनारायण आदर्श माविमा भएकाे सभामा विभिन्न विधेयकहरु पेश भएका छन् । सभामा चालु आर्थिक वर्षको अर्ध वार्षिक सम्म खर्च हुन नसकेको विकास तर्फ विनियोजन गरिएको ६० लाख रुपैँया बराबरको योजनाहरु पेश भएकाे प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले वताए ।

वर्तमान परिपवेशमा देखा परेका विकास निर्माणका कार्यहरु अघि बढाउने उदेश्यले संशोधन याेजनाहरु पेश भएकाे उनले जानकारी दिए ।

सभामा स्थानिय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण गर्ने विधेयक, विभिन्न निति तथा नियमावली सम्बन्धी विधेयक, न्यायिक समितिले न्याय सम्पदान गर्दा आईपरेका समस्या र समाधानको कार्यविधी निर्माणको विधेयक, विपद व्यवस्थापन, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायतकाको विकास सम्बन्धी विधेयक समेत पेश भएको अधिकृत यादवले जानकारी गराए ।

गाउँपालिका अध्यक्ष प्रदीप कुमार जयसवालले उद्घाटन गरेको समारोहमा उपाध्यक्ष फुलमती देवी चौधरीले स्वागत मन्तव्य राेखकी थिईन् ।

सभामा वडाध्यक्ष विश्वनाथ पटवारी, नियाज अहमद, सलिम मियाँ अन्सारी, जुमाद्धिन अंसारी, रुपलाल कुमार यादव, लाल बहादुर यादव लगायतका सम्पूर्ण कार्यपालिका सदस्य तथा वडा सदस्यहरुको सहभागिता रहेको थियो ।

सभामा गाउँपालिकामा भएकाे गतिविधिकाे बारेमा अधबार्षिक समिक्षा समेत भएकाे कम्पुटर अपरेटर सुनिल कुमार कलवारले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:216. Generation time:6.809 sec. Memory consumption:82.49 mb