24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

परवानीपुरमा नेपाली कांग्रेसको बैठक सम्पन्न

वीरगंज । बाराको परवानीपुर गाउँपालिका वडा नं‍. ५ टोल बहुवरीमा शुक्रबार नेपाली कांग्रेसको बैठक सम्पन्न भएको छ ।

गाउँपालिका सभापती पुन्देव यादवको सभापतित्वमा बसेको बैठकले नेपाली कांग्रेसको केन्द्रीय कमिटीको निर्णय अनुसार यही पुस २५ गते शनिबारका दिन देशब्यापी रुपमा प्रदेश सभा क्षेत्रमा विरोध सभा गर्ने अन्तर्गत बारा क्षेत्र नं. ४ काे ’ख’ काे फेटा गाउँपालिकाको फेटा बजारमा सरकारले गरेको असंवैधानिक कदमविरुद्ध विरोध र्‍याली तथा सभा गर्ने निर्णय गरेको छ ।

बैठकमा परवानीपुर गाउँपालिकाका महाधिवेशन प्रतिनिधि जगदिश साह, प्रदेश सभाका प्रत्यासी उमेदवार विजय गुप्ता, परवानीपुर गाउँपालिकाका मेयर पदका उम्मेदवार लालबाबु यादव, वडा नं. १ देखि ५ सम्मका सभापती, वडा नं २ का वडाध्यक्ष ईश्वरी साह, वडा नं. १ देखि ५ सम्मका वडाध्यक्षका उम्मेदवार, जिल्ला कार्य समति, क्षेत्रीय कार्य समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम बारा क्षेत्र नं ४ का क्षेत्रीय सभापती सुनिल कुमार गुप्ताको प्रमुख आथित्यमा भएको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:5.198 sec. Memory consumption:81.47 mb