30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजकाे उदयपुरघुर्मिमा नेकपा प्रचण्ड-माधव समुहकाे भेला सम्पन्न

वीरगंज । नेकपा प्रचण्ड-माधव समुहकाे वीरगंज महानगरपालिकाकाे वडा नं. १७, १९, २५, २६, २७ काे वडास्तरिय भेला बिहिबार सम्पन्न भएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. २७ उद्यपुरघुर्मिमा पांच वटै वडाकाे संयुक्त रुपमा आयाेजित भेलालाई सम्बाेधन गर्दै वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदम विरुद्धकाे आन्दाेलनमा सहभागिता जनाउन आग्रह गरेका छन् ।

वक्ताहरुले संसद विघटन असंवैधानिक, अलाेकतान्त्रिक, प्रतिगामी र गणतन्त्र विराेधी भएकाे वताउदै त्यस विरुद्धकाे जारी आन्दाेलनमा गाउँ गाउँबाट सहभागिता जनाउन आग्रह गरेका हुन् ।  यसका साथै पुस २५ गते वीरगंज नगर सभा गृहमा हुने नगरस्तरिय भेलामा पनि सहभागि हुन वीरगंज महानगर कमिटीले आग्रह गरेकाे छ ।

जिल्ला कमिटी सदस्य प्रभु पासवानकाे अध्यक्षता र केन्द्रिय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा केन्द्रिय सदस्य एवं वीरगंज महानगर इन्चार्ज दिनेश राई, प्रदेश कमिटी सदस्य बालगाेपाल थापा, बाबुराम काैशिक, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, संविधान सभा सदस्य विचारी यादव, जिल्ला कमिटी सदस्य मनाेज चाैधरी, आसमान अन्सारी, गंगाधर महताे, मनाेज कुशवाहा, युवा नेता अरबिन्द सिंह, अनेरास्ववियुका केन्द्रिय सदस्य प्रभाकर गुप्ता, जुबेर आलम,वीरगंज २७ का वडाध्यक्ष प्रदिप यादव, युवा संघका वीरगंज महानगर अध्यक्ष उमेश ठाकुर, विद्यार्थी नेता सुशिल हजरा लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.933 sec. Memory consumption:81.47 mb