30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पकहा मैनपुरमा पनि नेकपा प्रचण्ड-माधव समुहकाे भेला सम्पन्न

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिकामा नेकपा प्रचण्ड-माधव समुहको भेला बिहिबार सम्पन्न भएको छ ।

नेकपाको केन्द्रमा रहेको बिवाद र प्रधानमन्त्री केपी ओलीले सांसद विघटन गरे पछी उत्पन्न भएको बिवाद यती बेला नेकपाको सबै कमिटीमा देखा परेको छ । नेकपामा दिई समूहले छुटा छुटै आ-आफ्नो भेला गर्दै आएका छ्न् ।

भेलामा नेकपा पकहा मैनपुर गाउँपालीका समितिको ५१ सदस्य मध्ये ४१ जना सहभागि भएकाे नेकपा जिल्ला कमिटी सदस्य राकेश यादवले जानकारी दिए ।

भेलालाई सम्बाेधन गर्दै नेकपा प्रदेश कमिटी सदस्य छोटेलाल प्रसाद यादवले प्रधानमन्त्रीले उठाएको संसद विघटनकाे कदमअसंवैधानिक भएकाे वताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता यादवले यसलाई तुरुन्त नसच्चयाए आफुहरु कडा आन्दोलन गर्ने चेतावनी दिए ।

गाउँपालीका कमिटीका अध्यक्ष एवम् जिल्ला कमिटी सदस्य सुरेस मेहताकाे अध्यक्षतामा भएकाे भेलामा नेकपा जिल्ला कमिटी सदस्य एवम् गाउँपालीका सचिव प्रभु नाथ लगायत नेता तथा कार्यकर्ताहरुकाे उपस्तिथि रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.868 sec. Memory consumption:81.46 mb