30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेकपा प्रचण्ड-माधव समूहकाे पाेखरियामा अगुवा कार्यकर्ता भेला सम्पन्न

वीरगंज । नेकपा प्रचण्ड-माधव समूहकाे पाेखरियामा नगरस्तरीय अगुवा कार्यकर्ता भेला बिहिबार सम्पन्न भएको छ ।

भेलालाई सम्बाेधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साहले प्रधानमन्त्री केपी शर्मा ओलीकाे असंवैधानिक कदमकाे सशक्त प्रतिकार गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नेता साहले असंवैधानिक, प्रतिगामी तथा गणतन्त्र विराेधि कदमकाे सबै मिलेर प्रतिकार गर्नु पर्नेमा वताए ।

नेकपा पाेखरियाका नगर सचिव पन्नालाल प्रसाद कुर्मीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटि सदस्य बाबुराम काैशिक, रामबाबु बैठा, जिल्ला सदस्य रामाश्रय राम लगायतले सम्बाेधन गरेका थिए ।

उनीहरूले प्रधानमन्त्री केपी ओलीले नेपाली जनताले लडेर ल्याएकाे लाेकतन्त्रमाथि प्रहार गरेकाे बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.177 sec. Memory consumption:81.45 mb