30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

तराई अस्पतालको लापरवाहीले सर्राफकाे मृत्यु, छानविन अगाडी बढ्याे

वीरगन्ज । तराई अस्पताल वीरगंजकाे लापरवाहीले एक बिरामीकाे मृत्यु भएकाे आराेप लागेकाे छ । वीरगंजको लक्षमुमनावस्थित रहेको तराई अस्पतालका चिकित्सकको लापरवाहीका कारण बिहीबार वीरगन्ज–१६ नगवा निवासी ४० वर्षीय अजय सर्राफको मृत्यु भएकाे उनकाे परिवाजनले आराेप लगाएका छन् ।

सामान्य ग्यासको समस्या भई बिहीबार विहान आफै मोटरसाइकल चलाएर उपचारका लागि अस्पताल पुगेका सर्राफको चिकित्सकहरुको लापरवाहीका कारण मृत्यु भएको उनीहरुकाे भनाई छ । ग्यासको पीडा सहन नसकेर एका विहानै ना २० प ९७८१ नम्बरको मोटरसाइकल आफै चलाएर उपचार गराउन विहान ४ बजे अस्पताल पुगेका सर्राफलाई त्यहाँ इमर्जेन्सीमा कार्यरत चिकित्सकहरुले गलत औषधि चलाएको कारण एक घण्टा नवित्दै मृतकका छोरा उत्तम सर्राफले वताए ।

मृतक अजय सर्राफका आफन्त अरबिन्द कुमार सर्राफले तराई अस्पतालको कम्पाउण्डरले इन्जेक्सन दिएको कारण मृत्यु भएको आरोप लगाए । एका विहानै उपचारको लागि इमर्जेन्सी कक्षमा जाँदा त्यहाँ चिकित्सक नभई कम्पाउण्डर रहेकोले तिनले चलाएको गलत औषधिले विरामीको अवस्था चिन्ताजनक हुँदै तत्काल मृत्यु भएको उनको भनाइ छ ।

ग्यास्ट्रिटको औषधि चलाउनु पर्ने ठाउँमा अन्य रोगको थुप्रै औषधिहरु धमाधम लगाउने गरेको कारण औषधि रिएक्सन भएर मृत्यु भएको उनले दाबी गरे ।

एका विहानै आकस्मिक कक्षमा पुग्दा त्यहाँ डाक्टर हुनुपर्ने ठाउँमा कम्पाउण्डर रहेको र तिनले नै डा. सुजित कुमार साहद्वारा हस्ताक्षरित लेटरप्याडमा धमाधम औषधि लेखेर किन्न लगाइरहेको अवस्थामा आफूहरुले ग्यासको लागि मात्रै यति धेरै मात्रामा औषधि किन दिनुप¥यो ? भनेर सोध्दा उल्टै बढी बोल्यो भने यहाँबाट रेफर गरिदिने धम्की दिएको भन्दै आफन्त अरविन्दले यहाँ उपचारको नाममा मान्छे मार्ने काम भइरहेको आराेप लगाए ।

विरामीलाई दिनुपर्ने औषधि नदिएर धमाधम बढी मात्रामा औषधि चलाएको कारण रक्तचाप (ब्लड प्रेसर) उच्च भई मृत्यु भएको उनको दाबी छ ।

यता विरामीको उपचारमा खटिएका डा सुजित कुमार साहले ति विरामीको उपचारमा आफै खटेको र आफैले इन्जेक्सन लगाएको दाबी गरेका छन् । बिहान करिब ४ बजेको समयमा उपचार गराउन आएका सर्राफलाई औषधि दिए पश्चात अचानक उनको रक्तचाप (ब्लड प्रेसर) उच्च भई ब्रेन ह्यामरेज भई मृत्यु भएको हुनसक्ने बताए ।

विरामीको जीउमा अल्कोहलको मात्रा बढी भएको, ग्यास्टिकको समस्याले भयावहस्थिति लिन थालेपछि उनले भोमिटिङ्ग गर्दागर्दै उनको फोक्सोमा भोमिटिङ्ग पुगेर ब्रेन ह्यामरेज भई मृत्यु भएको हुनसक्ने आफूहरुको अनुमान रहेको बताए ।

सर्राफको मृत्यु भएसँगै आफन्तजनहरुले चिकित्सकको लापरवाहीको कारण मृत्यु भएको भनेर विरोध गर्न थालेपश्चात तत्काल वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहको नेतृत्वमा खटिएको सुरक्षाकर्मीहरुको अस्पताल पुगेको थियो ।

यस विषयमा पीडित पक्षले उजुरी दिए आवश्यक छानविन हुने प्रनि साहले वताए । अहिले तत्कालको लागि हामीले घटना के छ भनेर बुझेको र बाँकी कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरिक्षक साहले जानकारी गराए ।

यता पिडित पक्षले बिहिबार नै जिल्ला प्रशासन कार्यालय पर्सामा घटना सम्बन्धमा छानविनकाे माग गर्दै उजरी दर्ता गराएका छन् । त्यसपछि साेही दिन जिल्ला प्रशासन कार्यालयले छानविनकाे लागि नारायणी अस्पताललाई पत्रचारसमेत गरेकाे छ । आज नारायणी अस्पतालले चिकित्सकहरुकाे एक टाेली गठन गरि छानविन अघि बढाउने जनाएकाे छ ।

मृतक सर्राफको बिहीबार नै नारायाणी अस्पतलमा पोस्टमार्टम भएपछि सोही दि सांझ दाहसंस्कारसमेत गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:3.756 sec. Memory consumption:81.42 mb