29.3 C
Birgunj
18 April 2025
KALIKATIMES.COM

समाज परिवर्तनद्वारा थुनुवामा रहेकाहरुलाई कम्बल वितरण

kambal bitran_kalikatimes

वीरगंज । समाज परिवर्तन नेपाल नामक गैर सरकारी संस्थाले थुनुवामा रहेकाहरुलाई कम्बल बितरण गरेको छ । संस्थाले एक कार्यक्रमका बिच मंगलबार वडा प्रहरी कार्यालय बिर्ताकाे थुनुवामा रहेका १२ जनालाई कम्बल बितरण गरेकाे हाे ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरू र संस्थाका अध्यक्ष अकलेश साहले थुनुवामा रहेकाहरुलाई कम्बल वितरण गरेका थिए । वडा प्रहरी कार्यालयकाे थुनवामा रहेकाहरुलाई ओढ्ने न्यानाे कपडा नहुदा चिसोमा नै बस्नु पर्ने बाध्यता रहेकोले त्यसबाट बच्न कम्बल बितरण गरिएको संस्थाका अध्यक्ष अकलेश साहले वताए ।

संस्थाले यस अघि पनि वीरगंजकाे विभिन्न ठाउँका दलित, मुसहर बस्तीहरुमा कम्बल वितरण गरेकाे थियाे । वीरगंजकाे  ड्राईपोर्ट, राधेमाई मन्दिर, पावरहाउस चाेक, प्रतिमा चौक, नयाँ बसपार्क, भिसुवामा रहेका दलित, गरिब, बिपन्न र असाहयहरुलाई कम्बल बितरण गरिएकाे अध्यक्ष साहले जानकारी गराए ।

कम्बल बितरण कार्यक्रममा वडा प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक प्रेम बहादुर खत्री, प्रहरी सहायक निरीक्षक शिव शंकर शर्मा, प्रहरी हवल्दार सुरेन्द्र सिंह लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.894 sec. Memory consumption:82.44 mb