36.8 C
Birgunj
19 April 2025
KALIKATIMES.COM

युवाहरुकाे सराहनिय कार्य, रातीकाे समयमा असाहयहरुलाई कम्बल सहयाेग गर्दै

kambal sahyog_kalikatimes

वीरगंज । युवाहरुकाे एक समुहले हाल वीरगंजमा सराहनिय कार्य गरिरहेका छन् । बढ्दाे चिसाे र शितलहरमा रातीकाे समयमा नसुतिकन असाहयहरुलाई न्यानाे कपडा विरण गरिरहदा उनीहरुकाे सराहना समेत हुन थालेकाे छ ।

गए राती चिसोबाट जोगिन पराल भित्र लुकी रात बिताउन बाध्य रहेका हर्दिहरदासपुर निवासी जनक ठाकुर र भवराटार निवासी बासुदेव महतोलाई कम्बल सहयाेग गरेका छन् । मध्य रातीमा असाहय अवस्थामा भेटिए पछि दुबै जनालाई कम्बल सहयाेग गरिएकाे वीरगंजका युवा निघिल बर्णवालले वताए ।

उनले भने  “चिसाे माैसमा अति आवश्यक व्यक्तिहरुलाई कम्बल वितरण गर्ने सोच साथ मध्य राती ११:०० बजे देखी बिरगंजको भन्सार देखी गण्डक चौक, ड्राईपोर्ट, भगवती टोल, राधेमाई, श्रीपुर, रमगढवा हुंदै रानिघाट स्थित मठिया पुग्दा क़रीब १२:४० बजे मन छुने अत्यन्त दुःखित तुल्याउने र अति कष्टकर तरिकाले आफुलाई जाड़ोंबाट जोगाउन निमित दुई जना व्यक्तिहरु पराल भित्र लुकी छिपी सुतेका थिए, हामी संग भएको कम्बल तत्काल राहतका लागी हामीले सहयोग गर्याे तर कतै न कतै अझ पनि सहयोग र साथको खाँचों महसूस भयो ।

दिन्हु कयौ मानिस यसरी नै खुला आकाश मुनी यस्तो चिसोमा सुतन बाध्य छन, यसको बारेमा र यस बिषयमा स्थानीय प्रशासन र जनप्रतिनिधीको चासो हुन आवश्यकता छ र सम्पुर्ण समाजको दायित्व पनि हो । होला घर न बनला तर हाम्रो सानो सहयोगले कसैको रात आराम साथ बित्ने छ ।”

kamabal sahyog nikhil_kalikatimesसमाजवादी विद्यार्थी संघका केन्द्रिय सदस्य समेत रहेका बर्णवाल सहित साे समुहमा अंकित शर्मा र अकाश चाैहान छन् । तिनै जना तिन दिन देखी रातिकाे समयमा आफु नसुतिकन असाहयहरुलाई सहयाेग गर्दै आएका छन् ।

यस अघि साे समुहले वीरगंजकाे गणडक, भन्सार, रानिघाट, अदालत राेडमा भेटिएका असाहय ३० जनालाई कम्बल सहयाेग गरि सकेका छन् भने अझै सहयाेग गर्ने साेच रहेकाे जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:3.652 sec. Memory consumption:82.47 mb