28.4 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

नगर प्रमुख सरावगीद्धारा एसिड पीडित मुस्कानलाई ३ लाख सहयोग प्रदान

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई ३ लाख रुपैया आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
काठमान्डौको किर्तीपुर स्थित बर्ण अस्पतालमा पुगेर नगर प्रमुख सरावगीले मुस्कान खातुनको परिवारलाई उपचारको लागी उक्त आर्थिक सहयोग प्रदान गर्नुभएको हो । वीरगन्ज महानगरपालिका कार्यालयद्धारा २ लाख र नगर प्रमुख सरावगीको तलब भत्ताबाट १ लाख रुपैयाको चेक नगर प्रमुख सरावगीले बिहिबार प्रदान गर्नुभएको हो ।
मुस्कान खातुनलाई बुधबार अमेरिकन तथा नेपाली डाक्टरहरुको टोलीले  प्लास्टिक सर्जरि अपरेशन गरेको छ । वीरगन्जको छपकैंया निवासी मुस्कान खातुन माथी एसिड आक्रमण गरेका कारण उनको उपचार तीन महिना देखि किर्तीपुर बर्ण अस्पतालमा  भइरहेको छ ।
नगर प्रमुख सरावगी अपस्पतामा पुगेर आर्थिक सहयोग गर्नुका साथै उनलाई अस्पतालमा चाहिने आवश्यक व्यवस्थापन समेतको व्यवस्था मिलाउनु भएको छ ।
मुस्कानलाई अझ आर्थिक सहयोगको अवश्यकता रहेकोले विभिन्न दाताहरुसंग कुरा चलिरहेको बताउदै नगर प्रमुख सरावगीले सबैलाइ इच्छुक संस्थाहरुलाई आर्थिक सहयोग गर्न अनुरोध समेत गर्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:210. Generation time:3.624 sec. Memory consumption:82.22 mb