24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सशस्त्र प्रहरीद्वारा ३ महिनामा ठूलो परिमाणमा लागुऔषध बरामद

lagu awsadh baramad_kalikatimes

वीरगंज । सशस्त्र प्रहरी बल भन्सार राजश्व गस्ती टोलीले चालु आर्थिक वर्षको तीन महिनामा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकाई छिपाई भित्र्याएको झण्डै १० हजार भन्दा बढी पिस लागुऔषध डाईजोल्याब, फेनारगन र नोर्फिन तीन महिनाको समयमा बरामद गरेको हो ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा डाइजोल्याव ३ हजार ७ सय, फेनारगन ३ हजार ४ सय, नोर्फिन ३ हजार ४ सय बरामद गरिएको वीरगंज भन्सारमा रहेको सशस्त्र प्रहरी बल १४ नम्बर गुल्मका राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले जानकारी दिनुभयो ।

यस्तै यही अवधिमा ४२ बोतल वाइन सिरेक्स र २ प्याकेट ब्राउन सुगर पनि बरामद भएको खत्रीले जानकारी दिनुभयो । यस्तै सशस्त्र प्रहरीले भन्सारको मूलगेटबाटै लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतको मोतिहारी रामगढवाथानाका ३० वर्षीय विशाल पटेललाई रक्सौलबाट वीरगंज आउनेक्रममा लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

पटेलको साथबाट ससस्त्र प्रहरीले ५/५ सय पिस डाइजोल्याव, नोर्फिन र फेनागरगन बरामद गरेको हो । पक्राउ परेका पटेललाई थप कारवाहीका लागि लागुऔषध नियन्त्रण व्युरो पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अमर खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.146 sec. Memory consumption:81.41 mb