22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

श्रीमतीको दोहरो नागरिकताको फाइदा लुट्दै खण्डेलवाल, अकुत सम्पत्ति भारतमा

dohoro nagrikata_kalikatimes

वीरगन्ज । वीरगन्ज महानगरपालिका – १० आदर्शनगर निवासी नामुद सुपारी तथा मटरकोशा तस्कर राजेश खण्डेलवाल आफ्नो श्रीमतीको दुई मुलुको नागरिकताको भरपुर फाइदा उठाई रहेका छन् । आदर्शनगर निवासी राजेश खण्डेलवाल झारखण्ड राज्य धनवाद जिल्ला कतरास निवासी शोभा खण्डेलवासँग विवाह गरि २०४६ सालमा खटेको नागरिक्ता टोलीमा नेपाल सरकारको वैैवाहिक अँगिकृत नेपाली नागरिकताको प्रमाणपत्र दिलाएका थिए ।

खण्डेलवालले आफ्नी श्रीमती शोभा खण्डेलवाललाई २०४६ साल असार २३ गते जिल्ला रौतहटबाट वैवाहिक अँगिकृत नागरिकता दिलाएका थिए । नेपाल सरकारबाट वैवाहिक अँगिकृत नागरिकता लिएकी शोभा खण्डेलवालको हालसम्म भारतीय मतदाता सूचना केन्द्रमा नामावली दर्ता रहेको छ । जसबाट प्रष्ट हुन्छ कि उनी अहिलेसम्म भारतीय नागरिकता परित्याग गरेकी छैनन् ।

भारतीय मतदाता सूचना केन्द्रमा नाम शोभा देवी, राज्य झारखण्ड, विधानसभा निर्वाचन क्षेत्र बाघामारा – ४३, संसदीय निर्वाचन क्षेत्र गिरिदिह, भाग संख्या २००, मतदाता क्रमाँक २२९, पहिचान पत्र क्रमाँक जे.एस.एच. १२९८८२७ रहेको छ । उनी भारत र नेपाल दुबै देशका नागरिकता लिएर नेपालमा बस्दै आएकी छिन् ।

विवाह पश्चात भारतको नागरिक्ता रद्द गराई नेपालको नागरिक्ता प्राप्त गर्नुपर्नेमा त्यसो नगरी दुबै देशको नागरिकता बोकी दुबै देशमा बसोबास गर्दै आएकी छिन् र यसको भरपुर फाइदा उठाई रहेका छन् उनका श्रीमान् राजेश खण्डेलवाल । राजेश वीरगन्जमा सुपारी तथा मटरकोशा आयात निर्यातको व्यापार गर्दै आएका छन् ।

नामुद सुपारी तथा मटर तस्करको रुपमा चिनिएका खण्डेलवाल नेपालबाट अकुत सम्पत्ति कमाएर आफ्ना श्रीमतीको नाममा भारतमा जम्मा गर्दै आएका छन् । दोहरो नागरिक्ता लिएर नेपाल बस्दै आएका नागरिकलाई मुलुकमा छानविनको प्रक्रिया कडाईका साथ अगाडि बढाई रहेको अवस्थामा खण्डेलवाल पैसाको दबदबामा आफ्नो द्वैध नागरिक श्रीमतीलाई कारवाहीबाट बचाउँदै आएका छन् ।

नेपाल भारत दुबै देशका नागरिकता लिएर वीरगन्ज आदर्शनगर – १० बस्दै आएकी राजेश खण्डेलवालकी श्रीमती विरुद्ध नागरिकता छानविन गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको ३ महिना भन्दा बढि समय वित्न लाग्दा पनि प्रशासनले द्वैध नागरिकता बोकेकी शोभा खण्डेलवाललाई हालसम्म कारवाही गर्न सकेको छैन ।

निजका श्रीमान् राजेश खण्डेलवाल वीरगन्जका व्यापारी भएको र उनको प्रशासनसम्म पहुँच भएको कारण नै उनकी श्रीमतीको दोहरो नागरिकता विरुद्ध उजुरी परेको महिनौं वित्दा पनि प्रशासनले कारवाही गर्न आलटाल गरेको हो । शोभा खण्डेलवालको दोहरो नागरिकताबारे छानविनका लागि २०७६ साउन २ गते नै दर्ता नं. ८ मा जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता भएको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.091 sec. Memory consumption:81.42 mb