22.5 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

एसिड प्रहार गर्ने माथी कडा कारवाहीको सांसद यादवको मांग

वीरगंंज । पर्सा क्षेत्र नं १ का सांसद प्रदिप यादवले मुस्कान खातुन माथि भएको एसिड प्रहारको घटनाबारे प्रहरीले गरिरहेको अनुसन्धान र मुद्दाको प्रकृयाको बारेमा जानकारी लिएका छन् ।

पर्साका सञ्चारकर्मीहरुको रोहबरमा आज पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसंग भेटेर उनले मुस्कान घटनाको अनुसन्धान बारे चासो देखाउँदै दोषी माथि कानुन बमोजिम कारवाही गर्नेु पर्ने माग गरेकाछन् ।

गत भदौ २० गते घरबाट विधालय गइरहेको अवस्थामा वीरगंज २ छपकैयाका दुई युवकहरुले मुस्कान माथि तेजाब प्रहार गरी गम्भीर घाइते बनाएका थिए । हाल मुस्कानको उपचार काठमाडौंको किर्तीपुर अस्पतालमा भइरहेको छ । मुस्कानको अवस्था सधारोन्मुख छ । तर पछिल्लो पटक मुस्कान घटनाका अभियुक्त द्वय समसाद मिया र मजिद मियालाई सजायको सवालमा परिवारजनले चलखेल शुरु गरेपछि सासद यादवले प्रहरीसंग मुद्दाको विषयमा जानकारी लिएकाछन् ।

वीरगंज नारायणी अस्पतालका ४ जना डाक्टरहरुले समसादको उमेर १८ वर्ष र मजिदको उमेर २० वर्ष मेडिकल रिपोर्टमा उल्लेख गरेपनि परिवारजनले दुबैको उमेर क्रमशः १४ र १५ वर्ष भनेर प्रहरीमा दावीसहित नाबालिक भएकोले सोही अनुसारको सजायको लागि लबिङ गरिरहेका छन् ।

त्यसैगरी,पर्सा प्रहरीले पनि प्रारम्भिक अनुसन्धानको क्रममा समसादको उमेर १७ र मजिदको उमेर १६ वर्ष मात्र तोकेको प्रति सासद यादवले चिन्ता व्यक्त गरेकाछन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय, डेटिस्ट सोनी झा, अर्थोपेडिक डा. राजदेव कुशवाहा, रेडियोलोजिस्ट डा. विजयराज खनाल लगायतले मेडिकल रिपोर्टमा उमेर प्रमाणित गरेका हुन् ।

त्यसैगरी,पर्सा प्रहरीले दशैको विदालाई देखाउँदै अनुसन्धानमा ढिलाई भई पर्सा जिल्ला अदालतमा मुद्दाको फाइल पेश नगरेको स्पष्टिकरण दिएको छ । पर्साका प्रहरी उपरीक्षक राठौरले पक्राउ परेका अभियुक्तलाई कानुन बमोजिम नै कारबाही गरिने आवश्वान दिए । उनले २२ देखि २५ दिन भित्र जुन पनि मुद्दा अनुसन्धान गरेर अदालतमा पेश गर्नु पर्ने नियम रहेतापनि चाडपर्वले केही दिन ढिलाई हुदै ३७ दिन पुगेको बताए । आजभोलीमै मुद्दाको फाइल पेश हुने उनले जानकारी दिए ।

यससंगै स्कुल।क्याम्पसका छात्राहरु माथी हुने गरेको दुव्र्यवहारका घटना तथा यौनजन्य हिंसा नियन्त्रणको लागि पर्सा प्रहरीले ठोस कदम चाल्नु पर्ने प्रहरी उपरिक्षक राठौरलाई निर्देशन दिनु भएको थियो ।

यता विर्तामा सञ्चालित हार्डवेयर पसले मनीषप्रसाद मण्डलको नाममा पक्राउ पुर्जी जारी भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । विना स्वीकृति तेजाब तथा रसायनिक पदाथ बिक्री गरेको आरोपमा उनी माथि ज्यान सम्बन्धी मुद्दा र तेजाब खुल्ला रुपमा बिक्री गरेको मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ । कानुन बमोजिम ज्यान सम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.936 sec. Memory consumption:81.42 mb