28.4 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

मुस्कान संग सांसद यादवले भेटे, अवस्था सुधार हुदै जानकारी

muskan sang sansad yadavko vet_kalikatimes
मुस्कान संग भेट गर्दै सांसद प्रदिप यादव

काठमाडौँ । एसिड आक्रमण पिडित मुस्कान संग प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादव आज पनि भेटेका छन ।

काठमाण्डौको कीर्तिपुर अस्पताल उपचार गराई रहेकी मुस्कान संग निरन्तर भेट गरे जस्तै बिहिबार विहान भेट गरी अवस्था बारे जानकारी लिएका छन । उपचारमा संलग्न चिकित्सकहरु संग मुस्कानको अवस्था बारे सांसद जानकारी समेत लिएका हुन ।

सांसद यादवका अनुसार मुस्कानको अवस्थामा क्रमिक सुधार हुदै गएको र छिटै अवस्था सामान्य पनि हुने उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन । एसिड प्रहारबाट गम्भीर घाईते मुस्कानको अवस्था बारे जानकारी लिन र आवश्यक सहयोग गर्न सांसद यादव अस्पताल पुगि रहन्छन ।

मुस्कान अस्पताल भर्ना भएको आज २७ औ दिन पुगेको छ ।
येस्तै देश र देश बाहिर बाट मुस्कान का लागि संदेश र हौसला बढाउने सुभकामना हरु आउने क्रम निरन्तर जारि रहेको र सोहि बीच हिन्दि चलचित्र का महानायक अमिताभ बच्चन ,अभिनेता वरुण धावन, अभिनेत्री कृतित सेनोन नेपाली गायक राजु लामा लगायतका कलाकारहरु पनि संदेश पठाउन साथ देश भरीबाट निरन्तर सहयोग मा जुटेका छन् |

केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:215. Generation time:5.237 sec. Memory consumption:82.46 mb