काठमाडाैं । एसिड आक्रमणमा परेकी वीरगञ्जकी मुस्कान खातुन र काठमाडाैं कालोपुलकी जेनी खड्कालाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयेाग गर्ने निर्णय गरेको हो ।
मुस्कानलाई भदाै २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए । काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान बिष्णु भुजेलले एसिड छ्यापेका थिए ।
एसिड आक्रमणमा परेका उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस