18 April 2025
KALIKATIMES.COM

बिन्दावासिनी गाउपालिकाद्वारा खानेपानी गुणस्तरिय चेकजाच शुरु

वीरगंज,२५ असार ।
पर्साको बिन्दावासिनी गाउपालिकाद्वारा खानेपानी गुणस्तरिय चेकजाच शुरु गरेको छ । गाउपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ५ दिने खानेपानी गुणस्तरिय चेकजाचमा ५३ जनाको पानी चेकजाच सम्पन भएको छ । जिल्ला स्वास्थ्यकेन्द्र पर्साको सहयोगमा शुरु गरिएको छ ।

जाचमा पिएच, टरबिडीटीए, ई कोलीब्याकटेरिया जाच गरिएको स्वास्थ्यकर्मी सोनालाल चौरसियाले जनाएका छन । गाउपालिका अध्यक्ष श्रीलाल साह कानु र उपाध्यक्ष किरण देवी गुप्ताको रोहब्बरमा बुधवार १० जनाको पानी परिक्षण गरिएको हो । जिल्ला स्वास्थ्य केन्द्र पर्साका लैबटेक्नेसियन रामबिश्वास साहले गर्नु भएको खानेपानी गुणस्तरिय चेकजाचमा समान्य कुरा भेटिएको बताए । खानेपानी गुणस्तरिय चेकजाचमा १८ घण्टा पछि बृस्तरित जानकारी आउने बताउनु भयो । वडानम्बर १ देखी ५ सम्मका ५३ घरदुरीलाई सेमपलको रुपमा जाच गरिएको स्वास्थ्यकर्मी राजेश्वर प्रसाद चौरसियाले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

डा. राकेशकुमार झाद्वारा युरोपेली सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीका फेलो (एफइएसजीइ) उपाधि प्राप्त

कालिका टाईम्स

सखुवा प्रसौनीमा लगाइएकाे मकैबालीमा घोगा तथा घोगामा दाना लागेन

कालिका टाईम्स

चामलकाे बाेरामा लागू औषध बरामद, दुई जना पक्राउ

कालिका टाईम्स
SQL requests:218. Generation time:3.831 sec. Memory consumption:82.73 mb