27.9 C
Birgunj
17 April 2025
KALIKATIMES.COM

पर्सा जिल्लामा १सय १८ कुष्ठरोगीको संख्या पुग्यो

वीरगंज,४ बैशाख ।
पर्सा जिल्लामा १सय १८ कुष्ठरोगीको संख्या पुग्यो छ। बुधवार पर्साको विन्दबासिनी गाउँपालिकामा थप ७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।
विन्दबासिनी गाउँपालिकाको स्वास्थ्य महाशाखाले सञ्चालन गरिरहेको सर्च अभियानका क्रममा गाउँपालिकाको झौवागुठीमा ३ जना, अमरपट्टीमा २, प्रसौनी भाठामा १ र बहुअर्वाभाठामा १ जना गरी ७ जना कुष्ठरोगी फेला परेका हुन् । शंकास्पदमा रहेका थप १ जना व्यक्तिलाई चेक जाँचका लागि लालगढ अस्पतालमा पठाइएको छ ।
७ जना नयाँ कुष्ठ रोगी फेला परेको गाउँपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट जयमोद ठाकुरले जानकारी दिए ।
सम्बन्धित स्वास्थ्य संस्थाबाट कुष्ठरोगलाई औषधी खुवाउन बुधवार शुरु गरिएको छ । कुष्ठ रोग निवारण अभियानको क्रममा ७ जना मानिसमा ६ महिने उपचारबाट निको हुने पिभी संक्रमण देखिएको र उपचार शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका क्षयकुष्ठ अधिकृत शम्भु यादवले जानकारी दिए ।
पर्सा जिल्लामा १ सय ११ जना कुष्ठरोगी नियमित उपचारमा छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

कालिका टाईम्स

गहुँको छवाली र ठूठ्ठा जलाउदा आगलागीको जोखिम

कालिका टाईम्स

प्रदेश स्तरीय महिला सञ्जाल सँगको छलफल वीरगंजमा सुरु

कालिका टाईम्स
SQL requests:212. Generation time:5.288 sec. Memory consumption:82.41 mb