24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

अनाथ बालबालिकाहरुलाई सहयोग गर्न मनोरञ्जनात्मक कार्यक्रम

monranjanatmak karyakarm-kalikatimes

काठमाण्डौ : वेल विशेर्स नेपालको आयोजनामा अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले शनिबार काठमाण्डौमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा समाजको सहयोगमा भएको कार्यक्रममा विभिन्न रास्ट्रिय तथा स्थानीय कलाकारहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

prabhakr-kalikatimesकार्यक्रम संचालन संस्थाको प्रवक्ता निराजन कार्की गरेका थिए भने संस्थाकी सचिव आस्था गिरीले सहजीकरण गरेकि थिन । कार्यक्रममा नृत्य, स्टेन्ड अप कमेडी, कविता वाचन र गित प्रस्तुत गरिएको इन्जाला कार्कीले बताइन । कार्यक्रमको सहयोगी संस्थाहरुलाई र कलाकारहरुलाई आयोजक संस्थाका अध्यक्ष प्रभाकर साहले मायाको चिनो दिएर सम्मान गरेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दै साहले अरु बाट सिधै सहयोग माग्नु भन्दा आफ्नो प्रतिभा देखाएर सहयोग लिएर अरुलाई सहयोग गर्नु नै आफुहरुको लक्ष्य रहेको बताए । संस्थाले ३ महिना पहिला पनि बानेश्वर स्थित नया नेपाल सहयोग केन्द्र अनाथालयमा पढाई लेखाईको सामग्री र खादय सामग्री सहयोग गरिसकेको छ ।

कार्यक्रममा इशान जोशी , सिर्जना रेसमी, प्रनेश गौतम, अशोक कृष्ण, प्रशान्त भट्टराई, आशिष गैरे,  जोस्ना नेम्बाङ, जेशन योन्जन र अमन जोशी लगायतका कलाकारहरुले प्रस्तुति दिएका थिए । कार्यक्रमबाट उठेको रकम ३ महिना अघि गरिएको बिभिन्न अनाथालयको सर्वेक्षणमा दैनिया अवस्था भएको अनाथालयको शिक्षा र अन्य सुधारको लागि प्रयोग गरिने आयोजक संस्थाको मनिष खड्काले जानकारी गराए ।

well-kalikatimes

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:217. Generation time:4.670 sec. Memory consumption:81.48 mb