वीरगंज, १२ पुस ।
अवैध भारतिय मुद्रा सहित एक भारतियलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण बेतिया जिल्ला थाना गौनाहा वडा नं. ७, बस्ने गोपाल भगतको छोरा बर्ष ३० को प्रदिप भगत रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटेको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. १६, ईनर्वा शंकाराचार्य गेटबाट अवैध भारु १ लाख ७० हजार सहित प्रदीपलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तस्करहरुले अवैध रुपमा बिदेशी मुद्रा वीरगंजको सिमा नाका हुदै भारतको रक्सौल तर्फ लैजादै छ बिशेष सुचनाको अधारमा बुधबार सवा ४ बजेको करिबमा चेकजाँच गर्ने क्रममा प्रदिपलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
निजको साथबाट भारतीय नोट रु २ हजार दरको ४५ थान, रु ५ सय दरको १६१ थान र रु २ सय दरको २ थान गरी जम्मा रु १ लाख ७० हजार फेला परेको प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका प्रदीपलाई आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान विभाग, मध्य क्षेत्रिय कार्यालय पथलैया, बारा पठाइएको छ ।