8 April 2025
KALIKATIMES.COM

३ सय २० जनाको निःशुल्क आँखा परिक्षण, १ सय १२ जनामा मोतिया बिंद फेला

ankha sibir-kalikatimes

पर्सा, १ पुस ।
धोबीनी गाउँपालिकाको वडा नं. २, भिखमपुरमा शनिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । हेटौडा सामुदायिक आँखा अस्पतालको सहयोगमा र भिखमपुर जन सामुदायिक विकास केन्द्रको आयोजनामा भएको शिविरमा ३ सय २० जनाले आँखा चेकजाँच गराएका छन ।

bhikhampur sibir-kalikatimesजस मध्ये १ सय १२ जनामा मोतिया बिंद फेला परेको आयोजक संस्थाका अध्यक्ष संतोष पटेलले जानकारी दिए । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतिया बिंद फेला परेकाहरुको निःशुल्क सल्यक्रिया समेत गरिने  पटेलले वताए ।

केन्द्रका अध्यक्ष संतोष पटेलको अध्यक्षतामा भएको शिविरको उदघाटन धोबिनी गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीले गरेका थिए । शिविरमा सामुदायिक आँखा अस्पतालका चिकित्सक सविता क्षेत्री, कृष्ण कुशवाहा, जनक बस्ती, स्वेस्ता चौधरी, गौरब रिमाल लगायतकाले आँखा परिक्षण गरेका थिए । कार्यक्रमको सहजिकरण संस्थाका सचिव प्रेम चौहानले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:220. Generation time:6.826 sec. Memory consumption:82.77 mb