30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

चेपाङ समुदायको सहयोगार्थ आयोजित मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न

sukh sandesh-kalikatimes

काठमाण्डौ, २३ मंसिर ।
सुख सन्देश काठमाण्डौको आयोजनामा चेपाङहरुलाई सहयोग गर्ने उद्देश्यले शनिबार काठमाण्डौमा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । गलेसियर इन्टरनेशनल क्लेज, रक टनेल रेस्टुरेन्ट एन्ड लंज र न्यू जेनिथ उ. मा. वि.को सहयोगमा भएको कार्यक्रममा विभिन्न कलाकारहरुले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्टेन्ड अप कमेडी, कविता वाचन र गित प्रस्तुत गरिएको प्रभाकर साहले बताए । कार्यक्रमको सहयोगी संस्थाहरुलाई आयोजक संस्थाकी अध्यक्ष सरिना सानु महर्जनले मायाको चिनो दिएर सम्मान गरेकी थिइन् ।

कार्यक्रममा आशिष गैरे, मलिका खतिवडा, मोहित जोशी, विष्णु पौडेल, सौगात खड्की, जोस्ना नेम्बाङ, जेशन योन्जन र अमन जोशी लगायतका कलाकारहरुले प्रस्तुति दिएका थिए ।

कार्यक्रमबाट उठेको रकम चेपाङ समुदायको स्वास्थ्य र अन्य सुधारको लागि प्रयोग गरिने आयोजक संस्था सुख सन्देशकी अध्यक्ष महर्जनले जानकारी गराइन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:3.775 sec. Memory consumption:81.47 mb