8 April 2025
KALIKATIMES.COM

प्रदेश नंं. २ काे राजधानी वीरगंज र नाम मध्य मदेश प्रदेश हुनु पर्ने

वीरगंज, २१ मङ्सिर/
संवाद तथा सुझाव आयोग प्रदेश नं. २ को आयोजनामा आज प्रदेश राजधानी नामाकरणसम्बन्धी राय सुझाव सङ्कलन भएको छ ।
वीरगंज, रोयल पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले राय सुझाव सङ्कलन आयोगले गोप्य हिसाबले सुझाव सङ्कलन गरेको आरोप लगाइन् । जनसहभागिताविना राय सुझाव सङ्कलन गर्नुको कुनै अर्थ नरहेको बताइन् ।

     राज्यमन्त्री यादवले लोकतान्त्रिक विधिबाट नामाकरण र स्थान तोक्नुपर्ने माग गरिन् । राय सुझाव सङ्कलन आयोगले गरेको काम चित्तबुझ्दो नभएको र झगडा लगाउने नियत देखिएको उनले आरोप लगाइन् ।

    राज्यमन्त्री यादवले मधेसी जनताले जसको लागि लडे त्यसको पहिचान खुल्नेगरी उचित स्थानमा राजधानी बनाउन र नामाकरण गर्न सुझाव दिइन् । मधेसी आन्दोलनले दिएको उपलब्धि खेर नजाओस् र आम जनता आपसमा नलड्ने वातावरण बनाउन आग्रह गरिन् ।

उनले सङ्घीयतामाथि प्रहार भइरहेको र सोही अनुरूप जनतालाई लडाउनेगरी सुझाव सङ्कलन भइरहेको बताइन् । प्रत्येक जिल्लाले आप्mनो पायक पर्ने ठाउँ र नामाकरणको व्याख्या गरिरहेको बेला सुझाव आयोगले आपसमा लडाउने कामबाहेक केही नगरेको बताइन् ।

    सांसद प्रदीप यादवले वीरगंजलाई राजधानी बनाउन माग गरे । आन्दोलनको क्रममा सबैभन्दा बढी क्षति वीरगंजमा भएको र वीरगंजवासीले गरेको आन्दोलनको कारण मुलुकमा सङ्घीयता आएको बताए ।

    सांसद यादवले बन्द कोठामा होइन, क्षेत्र–क्ष्Fेत्रबाट राय सुझाव सङ्कलन गर्नु उचित हुने बताए । आन्दोलनको क्रममा वीरगंजलाई राजधानी बनाउने आश्वासन पाएका वीरगंजवासीले अब जनकपुरलगायत अन्य ठाउँमा राजधानी बनाउनु गलत भएको आरोप लगाए । बन्द कोठामा आयोगले विनासूचना कार्यक्रम गर्नु र वीरगंजवासीलाई थाहा नहुनु दुःखद भएको उनले बताए ।
कार्यक्रममा अन्य वक्ताहरूले वीरगंजलाई नै मधेस प्रदेशको राजधानी बनाउन जोड दिएका थिए । मधेस आन्दोलनको क्रममा नाकाबन्दी भएको र नाकाबन्दीबाट सबैभन्दा बढी धनजनको क्षति वीरगंजमा भएकोले पहिलो प्राथमिकता वीरगंजले पाउनुपर्ने उनले बताए ।

अहिले पूर्व–पश्चिमका जनतालाई आपसमा लडाउने खेल तत्काल रोक्न माग गर्दै दुई तिहाई बहुमतले नामाकरण र स्थान तोक्ने संविधानमा उल्लेख भए पनि राय सुझाव सङ्कलन गर्ने कार्य नौटङ्की रहेको बताए ।

    वक्ताहरूले सबैभन्दा बढी जनधनको क्षति वीरगंजमा भएको र वीरगंजलाई राजधानी घोषणा नगरे आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
आयोगका अध्यक्ष्F डा. हरिशङ्कर झाको सभापतित्वमा शुरू भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, करिमा बेगम, जन्नत अन्सारी, मन्जुर आलम, शङ्कर चौधरी, सिंहासन कलवार, मनोजप्रसाद कुर्मी, उपमेयर शान्ति कार्की,  फोरमका केन्द्रीय सदस्य मोहनलाल चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:4.801 sec. Memory consumption:82.5 mb