40.2 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

कुष्टरोग निवारण अभियान अन्तर्गत प्रचारप्रसार अभिमुखीकरण कार्यक्रम सप्पन्न

पर्सा, १८ मंसिर

कालिकामाई गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरिय संचारकर्मी तथा गैरसरकारी संघ संस्थाहरुको प्रचारप्रसार सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम  स्वास्थ्य कार्यालय मुडलीमा मंगलबार सम्पन भएको छ ।

कुष्टरोग निवारण अभियान २०७५ अन्तर्गत १ दिने अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले कुष्टरोग देवी देवताको सा्रप नरहेको र यो औषधी खाए पछि निको हुने रोग भनी यसलाई हामी सबै मिली गाउँपालिका मुक्त कुष्टरोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कालिकामाई गाउपालिकाका निमित प्रशासकिय अधिकृत जोगीन्द्र प्रसाद चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका क्षयकुष्ट राग अधिकृत शम्भु यादवले गाउपालिका र जिल्लाको डाटाहरु प्रस्तुत गरेका थिए ।

कालिकामाई गाउँपालिकामा आर्थिक बर्ष २०७४/०७५ मा ६ वटा रोगी र पर्सामा ११७ जना रहेको र उपचार चलिरहेको बताएका छन ।

कालिकामाई गाउपालिकामा वडानम्बर १ मुडलीमा १ जना, वडानम्बर ४ प्रशुरामपुरमा १ जना, वडानम्बर ५ बिरन्चीवर्वामा ४ जना गरी ६ जना रहेको तथ्यांक रहेको प्रस्तुत गर्नु भयो । वडानम्बर २ भेडिहारी र वडानम्बर ३ हरिहरपुरमा ० रहेको प्रस्तुती गर्नु भयो ।

कार्याक्रममा गाउँपालिका अध्यक्ष नथुनी कुश्वाहा, पत्रकार छठु साह, लालबाबु बानियाले मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन अहेव महेन्द्र चौरसियाले गरेका थिए । कालिकामाई गाउपालिका अन्तर्गतका संचारकर्मी र गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:6.828 sec. Memory consumption:82.49 mb