24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सभापति द्विवेदी द्वारा नेवि संघ, पर्साको अध्यक्ष मनोनित अनियमित : क्षेत्रीय सभापतीहरु

वीरगंज, १८ मंसिर ।
नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी द्वारा नेपाल विद्यार्थी संघ, पर्साको अध्यक्ष मनोनित कुनै तुकको नभएको क्षेत्रीय सभापतीहरुले वताएका छन । नेवि संघ पर्साका चार वटै क्षेत्रीय सभापतिहरुले संयुक्त रूपमा मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै सभापति द्विवेदीले अनियमित नियुक्त गरेको वताएका हुन ।

नेवि संघ पर्साका क्षेत्रीय सभापतीहरु देवप्रकाश पटेल, रन्जित कुमार पटेल, चन्दन सहनी र बिकास तिवारीले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै नेपाली काङ्ग्रेस पर्साका सभापतीको नाममा जारी मनोनित कुनै पनि विधि र विधान संवद नभएको हुदा त्यस निर्णयको कुनै तुक नरहेको जनाएको हो ।

सभापती द्विवेदी द्वारा नेवि संघ पर्साको अध्यक्षमा नियुक्त गरिएको विश्वास रन्जन द्विवेदी उन्हाको आफ्नै भतिजो रहेको समेत विज्ञप्ती मार्फत जनाईएको छ । केही समय पहिला मात्र नेवि संघ पर्साको अधिवेशन आयोजना गरिए पनि सहमती जुटन नसकेर उद्घाटन सत्र मात्र बिधिगत पूरा गर्दै अधिवेशन स्थगित भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.440 sec. Memory consumption:81.46 mb