36 C
Birgunj
8 April 2025
KALIKATIMES.COM

विद्यार्थी नेता पासवानलाई आइतबार नछोडे आन्दोलन गर्ने विद्यार्थी संगठनहरुको चेतावनी

ishq kumar-kalikatimes

वीरगंज, ८ मंसिर ।
साबिकका नेकपा माओबादी केन्द्र र हालका सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य इशक कुमार पासवानलाई प्रहरीले व्यक्तिगत इगोले फसाइएको विद्यार्थी नेताहरुले आरोप लगाएका छन । केही महिना अगाडी नारायणी उपक्षेत्रिय अस्पतालमा बच्चा हराएको आन्दोलनको बेला प्रहरी नायब उपरिक्षक (डि.एस.पी.) मानबहादुर राई संग भएको विवादको रिसबीका कारण झुठो मुद्दा बनाई प्रहरीले विद्यार्थी नेता पासवानलाई फसाएको अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्किारीले आरोप लगाएका छन ।

press bigyapati-kalikatimes
विद्यार्थी संगठनहरुले जारी गरेको प्रेस विज्ञप्ती

दुबै विद्यार्थी संगठनहरुले आज संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रिय सदस्य पासवानलाई प्रहरीले फसाएको दाबी गरेका हुन । विज्ञप्ती अनुसार बच्चा हराएको आन्दोलनको नेतृत्व केन्द्रिय सदस्य पासवान र शिवम साहले गरेका थिए । त्यही बेला प्रहरी नायब उपरिक्षक राई र पासवान विच विवाद भएको थियो र त्यो बेला पनि राईले दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थुनेको थिए । थुनेको केही समय पछि दुबैजनालाई प्रहरीले छोडनु परेको थियो ।

त्यही रिसबीका कारण प्रहरी चौकी भिष्वा नजिक बस्दै आएकी एक महिलाले भने कै अधारमा डि.एस.पी. राईले पासवानलाई क्राइम ब्रान्चमा कार्यरत एक प्रहरी संग फोन गरी जिल्ला प्रहरी कार्यालयमा पासवानलाई बोलाएका थिए । त्यो बेला पनि डि.एस.पी. राई र विद्यार्थी नेता पासवान बिच भनाभन भएको थियो । भनाभन कै क्रममा डि.एस.पी. विद्यार्थी नेता पासवानलाई हातपात गर्दै हतकडी लगाई थुनेको वताइएको छ ।

विहान भएको विवाद दिउसो सार्वजनिक भए पछि नेकपाका नेता तथा विद्यार्थी नेताहरु एस.पी. रेवती ढकाल संग बुझदा पासवान माथी सार्वजनिक अपराध मुद्दा दर्ता भइसकेको र म्याद पनि थप भइसको वताएका थिए । पर्सा जिल्लामा बढदै गएको बलात्कारको घटनामा संलगनलाई प्रहरीले समात्न नसकेको र संगठित रुपमा तस्करी गराइरहेको अवस्थामा विद्यार्थी नेतालाई फसाउने नियत माथी शंका उत्पन्न भएको अनेरास्ववीयु पर्साका अध्यक्ष रामबाबु यादव र अनेरास्ववीयु क्रान्तिकारी, पर्साका संयोजक मित्रदेव यादव द्वारा जारी गरिएको विज्ञप्ती मार्फत वताइएको छ ।

आन्दोलनको कार्यक्रम घोषणा

प्रहरीले विद्यार्थी नेतालाई झुठो मुद्दा बनाई फसाएको भन्दै शनिबार बसेको विद्यार्थी संगठनहरुको वैठकले प्रहरी विरोधको आन्दोलनको कार्यक्रम घोषणा गरेको छन । मंसीर ९ गते, आइतबार सम्म प्रहरीले विना शर्त पासवानलाई रिहा नगरे त्यही दिन बेलुका देखीको आन्दोलनको कार्यक्रम विद्यार्थी संगठनहरुले सार्वजनिक गरेका छन ।

विद्यार्थी संगठनहरुले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार मंसीर ९, गते, आइतबा बेलुका प्रदर्शन गर्ने, १० गते सोमबार पर्साका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने र तब पनि प्रहरीले विद्यार्थी नेता पासवानलाई रिहा नगरे ११ गते मंगलबार सबै विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसी थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:216. Generation time:2.241 sec. Memory consumption:82.5 mb