6 April 2025
KALIKATIMES.COM

वहुदरमाइ मेलाकाे मेयर साहद्वारा उदघाटन

bahudarmai melako udhghatan-kalikatimes

पर्सा, ७ मंसिर ।

आज पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर २ पिपरामा लाग्ने ५ दिने मेलाको एक कार्यक्रमका बिच बहुदरमाई नगपालिकाका मेयर नितेन्द्र साहले उदघाटन गर्नु भएको छ । मेला समितीका अध्यक्ष जुगल प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख नितेन्द्र साहले रिबन काटी मेलाको उदघाटन गरी शुभारम्भ गर्नु भएको हो ।

शुक्रबार देखी बिधिवत रुपमा ५ दिन सम्म मेला लाग्ने र मेलामा कुश्ती प्रतियोगीता पनि हुने आयोजकले जनाएको छ । उदघाटन समारोहमा राजपा नेपालका महासचिव शिव पटेल,  नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, वडा अध्यक्ष जितेन्द्र पटेल लगायतकाको सहभागीता रहेको थियो ।

सयौं बर्ष देखी पिपरा गाउँका स्थानियहरुको सक्रियतामा प्रत्येक बर्षको कार्तिक पुर्णिमाका दिन देखी ५ दिन सम्म मेला लाग्दै आएको छ । यस बर्ष पनि बहुदरमाई नगरपालिकाले मेला स्थलमा धारा जडान, बाटो मरम्मत, बाटोमा पुल लगाउने काम, बिजुली जडान जस्ता काम गरेकोले मेला ब्यवस्थित र मर्यादित भएको स्थानिय रामबाबु पटेलले बताउनु भयो ।

बहुदरमाई कै नामबाट नगरपािलकाको नामाकरण भएकोले नगरपालिकाले पनि मेला लगाउने र धार्मिक स्थल जोगाउने काम गरेको वडा अध्यक्ष जितेन्द्र पटेलले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:8.063 sec. Memory consumption:82.48 mb