वीरगंज, ३ मंसिर ।
तस्करहरुले केराउ लगायतका मालबस्तु नेपालबाट भंसार छलि चोरी निकासी गरी भारततर्फ लैजादै गरेको ट्रेलर सहितको ट्रयाक्टर प्रहरीले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको प्रहरी टोलीले खोज तलाश गर्दै जाने क्रममा राती ९ बजेको समयमा केराउ बोकेको ट्रेक्टर र ड्राइभर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
वीरगंज महानगरपालिकाको वडा नं. १७, अलौ स्थितबाट भारततर्फ जादै गरको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
पर्साको पकाहामैनपुर गा.पा. वडा नं. बस्ने वर्ष ३५ को राजेध महतो र बहुदरमाई न.पा. वडा नं. ७ बस्ने वर्ष २२ को रामविनय रामले चलाई लैजादै गरेको ना २ त ७९१९ र ना १ त २५८७ नम्बरको ट्रेलर सहितको ट्रयाक्टर र ट्रेक्टर चालक पक्राउ गरिएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।
ट्रेलरमा १२,००० किलो ग्राम ९अं। मुल्य ११,५०,०००। ट्रयाक्टर सहित केराउ फेला पेरको र उक्त बरामद केराउ, ट्रयाक्टर तथा चालकहरु समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भंसार कार्यालय, वीरगंज, पर्सा पठाइएको ढकालले वताए ।