30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

चोरीको अभियोगमा कपाल मुडुलो गरी जुत्ताको माला

पर्सा जीराभवानी गाउँपालिका–१ महादेवपट्टिमा शनिवार पञ्च भलादमीको निर्णयबाट एकजना युवकलाई मोबाइल चोरीको अभियोगमा कपाल मुडुलो गरी दुव्र्यवहार गरिएको छ । महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई पञ्चायतको निर्णयबाट कपाल मुडुलो गरी जुत्ताको माला लगाइएको थियो ।

बिहान युवक महतोले मणिलाल साहको घरबाट मोबाइल चोरी गरेको अभियोग प्रमाणित भएपछि उनीविरुद्ध बसेको पञ्चायतले आज यस्तो निर्णय गरेको हो । पञ्चायतको निर्णयबाट युवक महतोको कपाल मुडुलो गरी जुत्ताको माला लगाएर सार्वजनिकरूपमा दुव्र्यवहार गरिएको थियो ।

पञ्चायतीमा गाउँका १० जनाभन्दा बढी गणमान्य व्यक्ति सहभागी थिए । अहिले उनीहरू फरार छन् । दुव्र्यवहार हुने युवक महतोले प्रहरीमा मौखिक उजुरी गरेपछि पञ्चायती गर्ने १० जना फरार भएका हुन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

सामाजिक सुरक्ष्Fा ऐन अनुसार कुनै पनि व्यक्तिलाई दुव्र्यवहार गर्ने अधिकार छैन । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले दुव्र्यवहार गर्ने कार्यमा संलग्न पञ्चहरूको खोजी भइरहेको बताए ।

यता फरार रहेका पञ्चका परिवारले चोरी अभियोगमा पक्राउ परेका महतोका पितालाई दबाबमा पारेर कागज गराएका छन् । पञ्चका परिवारले चोरीको अभियोग लागेका महतोका पितासँग प्रहरीमा उजुरी नगर्ने आशयको पत्रमा सही सनाखत गराएको स्थानीयले बताएका छन् । सभार प्रतिक

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.445 sec. Memory consumption:81.45 mb