24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

श्री सुकई साह मा.वि.का विद्यार्थीहरुको समस्या सम्बन्धमा नेवि संघको ध्यान आकर्षण

वीरगंज, १६ कात्तिक ।
पर्साको क्षेत्र नं. ४ अन्तर्गत पर्ने कालिकामाई गाउँपालिकाको वडा नं. २, भेडिहारी स्थित रहेको श्री सुकई साह माध्यमिक विद्यालयका विद्यार्थीहरु संग आज नेवि संघले छलफल गरेको छ । विद्यालय मै पुगी विद्यार्थीहरुको समस्या बारे छलफल गरिएको नेवि संघ पर्सा क्षेत्र नं. ४ का अध्यक्ष विकास तिवारीले वताए । छलफलको क्रममा विद्यार्थीहरुको हक–अधिकार हनन तथा विद्यार्थीहरुले पाउनु पर्ने खेलकुद तथा शैक्षिक भ्रमणको बजेट नपाएको भेटिएको तिवारीले वताए ।

विद्यार्थीहरुले पाउनु पर्ने सेवा, सुविधा गाउँपालिकाबाट नपाएको र मांग गर्दा जनप्रतिनिधिहरुले एक अर्काप्रति दोशारोपन लगाउन गरेका कारण हाम्रो गम्भीर ध्यानआकर्षण भएको नेवि संघका नेता सरोज चौरसियाले वताए । विद्यार्थीहरुले आफ्नो अधिकार खोज्दा उल्टै अभद्र व्यवहार समेत भएको हामीहरुलाई विद्यार्थीहरुले भिडियो समेत देखाएका कारण हाम्रो गम्भीर ध्यान आक्रषण भएको चौरसियाले जानकारी गराए । यस्तो कार्य नरोकिए र विद्यार्थीहरुको अधिकारबाट बंचित गराइए हामीले आन्दोलन गर्न पनि बाध्य हुने उनले चेतावनी समेत दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.431 sec. Memory consumption:81.41 mb