31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बलात्कार तथा महिला हिंसा बिरुद्ध युवाहरुको भुमिका बिषयक प्यानल बहस सम्पन्न

प्रणय साह/वीरगंज, १४ कात्तिक ।
विद्यार्थीहरुको सक्रियतामा वीरगंजमा बुधबार “बलात्कार तथा महिला हिंसा बिरुद्ध युवाहरुको भुमिका बिषयक प्यानल छलफल कार्यक्रम” सम्पन्न भएको छ । युवाहरुको समुह वेल विर्षस नेपाल संग आवद्ध कक्षा १२ मा अध्ययनरत आधा दर्जन विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा वोल्ने वक्ताहरुले नेपालमा बढदै गएको बलत्कारकार र महिला हिंसाको घटना प्रति चिन्ता व्यक्त गरे । वक्ताहरुले बलत्कार र हिंसाको घटना रोकनको लागि नैतिक शिक्षा लागु गर्नु पर्ने, महिला प्रहरीको संख्या बढाउनु पर्ने, रक्सी सेवनमा नियन्त्रण गर्नु पर्ने, अभिभावकहरुले बालबालिकाहरुलाई केयर गर्ने लगायतकका धारणाहरु राखेका थिए । बालबालिकाहरु विद्यालय र क्लेज जाने वेला केटीलाई जिस्काउने कार्य, ट्राफक प्रहरी र प्रहरीहरुबाट नै हुने गरेको महिला दुर्वव्यहार लगायतका कार्य पनि रोक्नु पर्नेमा वक्ताहरुको जोड थियो ।

वेल विर्षसका टिम लिडर प्रभाकर साहको अध्यक्षतामा भएको प्यानल छलफल कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, अधिवक्ता अमिता शर्मा, पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, पेटर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो र समाजिक अभियान्ता सुष्मा तिवारी संग बहस गरिएको थियो ।

ग्लोबल विजनेस क्लेज वीरगंजमा भएको कार्यक्रममा स्वागत मन्तव्य श्रिष्टी चौधरीले गरेकी थिइन भने वेल विर्षस संग आवद्ध विद्यार्थीहरु प्रभात पटेल, आरोही साह, सुबाष यादव, देवानन्द साह, चन्देशवर साह, संदिप कंहार लगायतकाले कार्यक्रममा सहयोग गरेका थिए । मेरो शरीर मेरो अधिकार, बलात्कार र हिंसाको गरौं प्रतिकार भने नाराको साथ भएको कार्यक्रममा विभिन्न संघ/संस्थाका प्रतिनिधि, समाजिक अभियान्ताहरु, विभिन्न दलका विद्यार्थी तथा युवा नेताहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:219. Generation time:6.387 sec. Memory consumption:81.47 mb