31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बलात्कार तथा महिला हिंसा विरुद्ध युवाहरूको भुमिका विषयक प्यानल छ्लफल बुधबार वीरगंजमा हुदै

वीरगंज, १३ कात्तिक ।
विधार्थीहरुको सक्रियतामा कात्तिक १४ गते बुधबार बलात्कार तथा महिला हिंसा विरुद्ध युवाहरूको भुमिका विषयक प्यानल छ्लफल हुने भएको छ । कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुको सक्रियतामा र विभिन्न सरकारी तथा गैर सकारी संस्थाको समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

युवाहरुको समूह वेल विशर्स नेपालको आयोजनामा भोलि बुधबार ११ बजे देखि ग्लोबल बिजनेस क्लेज वीरगंजमा हुने कार्यक्रमको तयारी पूरा भएको  छ । मेरो शरीर, मेरो अधिकार, बलात्कार र हिंसाको गरौं प्रतिकार नाराको साथ आयोजना गर्न लागिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको वेल वेशर्सका टिम लिडर प्रभाकर साहले वताए । कार्यक्रम अलग किसिमको र प्रभावकारी हुने साहले जानकारी गराए ।

गैर सरकारी संस्था सानोपाइला, सांस्कृतिक र ब्रिलिएन्ट युवा क्लबको साझेदारीमा हुन लागेको कार्यक्रमको मिडिया पार्टनर अनलाइन मिडिया कालिका टाइम्स र यात्रा डेलीकाे फेसबुक पेजबाट प्रत्येक्ष प्रचारण समेत हुने छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.466 sec. Memory consumption:81.45 mb