31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जागरण मञ्च द्वारा दाइजोविना विवाह गर्ने इन्जिनियर जोडी सम्मानित

दाइजोविना विवाह गर्ने जोडीलाई प्रमाण पत्रले सम्मान गर्दै जागरण मंचका पदाधिकारीहरु । तस्बिर : जाकिर हुसेन

वीरगञ्ज, ११ कात्तिक । दाइजोविना विवाह गर्ने एक मुस्लिम जोडीलाई वीरगञ्जमा सम्मान गरिएको छ । सामाजिक कुप्रथाका रुपमा रहेको दाइजोविरुद्ध जागरण मञ्चले सरोज अन्सारी र शहनाज अन्सारीको जोडीलाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।

सर्लाहीको बलरा नगरपालिका वडा नं ६ मिर्जापुर घर भएका रज्जाक अन्सारीको छोरा २९ वर्षीय सरोज र वीरगञ्ज महानगरपालिका वडा नं १३ मुडलीका अताउल्लाह अन्सारीको छोरी २६ वर्षीय शाहनाजको शनिबार निकाह अर्थात विवाह भएको थियो ।

पेशाले शाहनाज र सरोज दुवै इन्जिनियर हुन् । शाहनाज जिल्ला प्राविधिक कार्यालय पर्सामा सिभिल इन्जिनियरको रुपमा कार्यरत छन् भने सरोज विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय विराटनगरमा इलेक्टि्रकल इन्जिनियरको रुपमा कार्यरत छन् ।

बालिग भइ दाइजो विनाको आदर्श तथा उदाहरणीय निकाह (विवाह) गरेकोले उनीहरुलाई सम्मान गरिएको मञ्चका अध्यक्ष बृजेश्वरप्रसाद चौधरीले जानकारी दिए । ‘पछिल्लो समयमा मोलमोलाई नै गरेर केटा पक्षले केटी पक्षसंग दाइजो मागेर लिने गरेका छन्,’ उनले भने, ‘अन्सारीद्वयको विवाहमा दाइजो नलिएको/नदिएको जानकारी पाएपछि हामीले सम्मान गरेका हौं ।’

मञ्चले दाइजो तथा बालविवाह जस्ता सामाजिक कुरितिहरुविरुद्ध जागरण अभियान सञ्चालन गर्नुको साथै उदाहरणीय जोडीहरुलाई सम्मान गर्ने गरेको सामाजिक अभियन्ता प्रकाश थारुले बताए । ‘बाल विवाह र दाइजो प्रथाको अन्त्य गर्नका लागि निरन्तर अभियानमा लागि परिरहेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.623 sec. Memory consumption:81.45 mb