वीरगंज, ७ कात्तिक । वीरगञ्जबाट प्रहरीले भन्सार छलेर ल्याएको कपडा लगायत विभिन्न समान बरामद गरेको छ । कपडा तस्करीमा संलग्नको आरोपमा बहुदरमाई नगरपालिका ४ बस्ने ४२ बर्षका मिश्रिलाल साहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
साहको साथबाट डेढ लाख मूल्य बराबरको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय, पर्साले जनाएको छ । भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा वीरगञ्ज माहानगरपालिकाको विभिन्न स्थानहरुबाट कपडा, इलेक्ट्रोनिक्सका समानहरु बरामद गरिएको प्रहरीको भनाई छ ।
प्रहरीले सुतीको साडी २०० पिस , थान कपडा १७ पिस, कुर्ता सुरुवालको १० पिस , बच्चाको कपडा ३५ पिस, बच्चाको लेहंगाँ ५ पिस, स्विच १६० पिस, पंखाको रेगुलेटर १० पिस , बोर्ड फाइवर ४ पिस ,होल्डर ८८ पिस, टुपिट ५२ पिस, लुकिङ ग्लास ३ पिस, हेडलाईट २ पिस, साइडलाइट ४ पिस, ट्रक माथि राख्ने लाइट १० पिस, ˆयाक्स लाइट ६ पिस, गाडीको वाइरिङ तार बरामद गरिएको जनाएको छ ।
गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्ने क्रममा समानहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । समानहरु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।