22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

विद्यालयमा गुनासो पेटिकाको आवश्यकता : रामनारायण साह

विद्यालयशिक्षा देशको लागि सशक्त जनशक्ति र असल व्यक्तित्व निर्माण गर्ने माध्यमहो । विद्यालय शिक्षा पुरा गरेर बालबालिका देश र समाजको विकासको लागि महत्वपुर्ण योगदान पुर्याउने दक्ष नागरिक बन्ने गर्दछन । बालबालिकाको शिक्षाको अधिकार सुनिश्चितगर्न विद्यालयको महत्वपुर्ण भुमिका रहेको हुन्छ । बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने र विद्यालयशिक्षा पुरा गर्ने वानगर्ने विषय विद्यालयको शिक्षण सिकाई विधि, दक्षशिक्षकको संख्या, भौतिक संरचना आदिको साथ साथै विद्यालयको वातावरणमा पनि भर पर्दछ ।

विद्यार्थीले भयमुक्त, हिंसामुक्त र सुरक्षितवातावरणमा पढ्न पाएमात्रउसले विद्यालयशिक्षा पुरा गर्न सक्छ ।बालबालिका शारिरीक, मानसिक र संवेगात्मक रुपमा पुर्ण रुपमा विकसित भई नसकेकाकारण दुव्र्यवहार वा हिंसात्मक व्यवहारलाई पहिचानगर्न नसकित्यसको प्रतिकार वा आफ्नो विश्वासिलो व्यक्तिलाई सूचनादिन सकेका हुदैनन । पहिचान गर्न सक्नेले कसरी सूचनादिने, कहाँदिने बारे जानकारी नहुँदा सहेर बसेका हुन्छन र अन्ततःविद्यालय छोडने वाकमआउने गर्दछन जसको परिणाम स्वरुप सिकाई उपलब्धिपनि घटेर जान्छ ।

विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चितगर्न विद्यालयलाई हिंसामुक्त र सुरक्षित बनाउनु अपरिहार्य देखिन्छ । विद्यालयमावाविद्यालयआउदाँजादा लैंगिंक हिंसा, भेदभाव, शारिरीकतथामानसिक दण्ड सजाय र बुलिंग जस्ता घटनाले विद्यार्थीको सिकाईमानिकै नराम्रो असर गर्ने गर्दछ । विद्यार्थीहरु जिस्काउने, जातीय भेदभाव, लैंगिक भेदभाव, झै झगडा, कुटपिट, हेपाई, नराम्रो छुवाई, दण्डसजाय आदिबाट प्रभावित हुन सक्छन ।

यस्ता घटनामा विद्यार्थी, शिक्षक, वा समुदायका सदस्य पिडक रहेका हुन्छन । पीडित विद्यार्थी डर, लाजआदिकारणले प्राधानाध्यापक, शिक्षकवाअभिभावकलाई सूचनादिनवागुनासो गर्न चाहेकाहुदैनन । विद्यालयमा हिंसाका प्रचलन न्युन गर्न शिक्षक, विद्यार्थी र अभिभावकले अहिंसात्मक व्यवहार अपनाउनुको साथै सूचना संयन्त्र र सम्बोधनवा सहयोग संयन्त्र निर्माण गर्नुपर्दछ ।कुनै पनि हिंसाका घटना व्यवस्थापनगर्नकालागिपहिलाघटना पहिचान हुनुपर्छ अनि मात्र त्यसको समाधानवा व्यवस्थापन गर्न सकिन्छ ।

हिंसाका पीडित विद्यार्थीले सहज रुपमा सूचना दिन वा गुनासो गर्न पाउने वातावरण निर्माण गर्नु विद्यालयको कर्तव्य हो ।विद्यार्थीले सहज रुपमाआफ्नो गुनासावा समस्याहरुको सूचनादिनपाउने गरी नेपाल सरकार शिक्षामन्त्रालयशिक्षाविभागले गुनासो सुनुवाई कार्यविधि २०७३ जारी गर्यो जसमा प्रत्येक माध्यमिक विद्यालयमा एउटा गुनासो पेटिका राख्नुपर्ने प्रावधान छ । यही कार्य विधिलाई परिमार्जन गरी अर्को गुनासो सुनुवाई कार्यविधि २०७४ पनि जारी गरिएको छ ।

यो पेटिका सबैले देख्ने, विद्यार्थीको पहुँचमा र सुरक्षित स्थानमा विद्यालय परिसरमा झुण्डयाईएको हुन्छ । विद्यार्थीले हिंसाका घटनाका साथसाथै गुणस्तरीय शिक्षा, भौतिक संरचना, खेलकुद आदि सम्बन्धी सूचना, सुझाव वा गुनासो राख्न पाउछन । तीगुनासा, सूचनावा सुझावहरुलाई सम्बोधनगर्न गुनासो सुनुवाई समिति रहेको हुन्छ र त्यसले ती समस्याहरु समाधान गर्ने गर्दछ ।

विद्यालयको वातावरण पनिभयमुक्त, हिंसामुक्त र सुरक्षितबनाउनगुनासो पेटिका भुमिका खेलेको छ जसले विद्यालयलाई बालमैत्रीबनाउनपनि सहयोग पुर्याउने छ ।बालबालिकाहरु माथिको जोखिम न्युनिकरण गर्नु, प्रभावित बालबालिकाहरुमा पुनः सुनौलो भविष्य र सम्मानजनक जीवनको आशा जगाउनु, तिनीहरुको लागि सुरक्षित वातावरण निर्माण गर्नु र बालअधिकारको पुर्ण सदुपयोग र अनुभुतिगर्न दिनु सबै सरोकारवालाहरुको जिम्मेवारी हो ।

विभिन्न अन्तर्राष्ट्रिय दस्तावेज तथा राष्ट्रिय ऐन कानुनहरुमा बालबालिका माथि कुनै पनि किसिमको दुव्र्यवहार गर्न नपार्ईने उल्लेख छ । संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि १९८९ ले बालबालिकाउचितस्याहार पाउनुपर्ने तथा हिंसा, दुव्र्यवहार र बेवास्ताबाट सुरक्षित रहनुपर्ने भनेको छ ।

यसैगरी दिगो विकास लक्ष्यले गुणस्तरीय र समावेशीशिक्षाको साथै लैंगिक समानता र सबैको न्याय सम्मपहुँचहुनुपर्ने भनेकोछ भने नेपालको संविधान २०७२ ले बालबालिका माथि दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न नपाईने तथाघर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातनादिन पाइने छैन भनेको छ ।

बाल्यकालको महत्वपुर्ण समय विद्यालयमाबित्ने हुनाले बालबालिका विद्यालयमा पनि सुरक्षित भई विभिन्न किसिमका दुव्र्यवहार, हिंसा आदिबाट जोगिन सक्यो भने मात्रउनीहरु आफ्नो बालअधिकारको अनुभुति गर्न पाउछन र आफ्नो पुर्ण क्षमतामा विकसितहुन सक्छन यसमा गुनासो पेटिकाको महत्वपुर्ण योगदानहुन सक्छ ।

नेपाल सरकारको महत्वकांक्षी विद्यालय क्षेत्र विकास योजनाको समता अन्तर्गतको रणनीतिमा “विद्यालयमा हुने लैंगिक हिंसाको अन्त्य गरी विद्यालयहरूमा छात्रा सहभागिता वृद्धि गर्न लैंगिक शिक्षा, लैंगिक सम्पर्क बिन्दुको सञ्जालको सुदृढीकरण लगायतका प्रावधानबाट लैंगिक संवेदनशील सिकाइ वातावरण र जिल्ला तथा विद्यालयमा आधारित सहयोग संयन्त्र सुनिश्चित गर्ने”उल्लेख भएकाले पनि गुनासो पेटिकाको महत्व बढन जान्छ ।

गुनासो सुनुवाई कार्यविधि २०७३ अनुसार पर्सा जिल्लाकोे ५० वटा विद्यालयमा सामाजिक संस्थाजिल्ला समन्वय समिति पर्साको सहजीकरणमा तथा तत्कालिन जिल्ला शिक्षा कार्यालयको समन्वयमा गुनासो पेटिका राखिएको छ जसको असर एकदमै राम्रो देखिएको छ । विद्यार्थीहरुले जिस्काउने, झैझगडा, कुटपिट, नराम्रो छुवाई, नाम परिवर्तन गरेर बोलाएको, बुलिङ्ग लगायत अन्य बालसंरक्षणका सवालहरु बारे आफ्नो गुनासो वा समस्या गुनासो पेटिकामा राख्ने गरेका छन ।

पेटिकामा शिक्षक समयमा नआउने, घण्टी खाली रहने, शिक्षकले पढाएको नबुझने, खेलकुद सामग्रीको अभाव, सरसफाई, चर्पी, धारा, कम्पाउन्ड आदि सम्बन्धमापनिगुनासाहरु राख्ने गरेका छन । विद्यार्थीहरुले आफ्नो नाम उल्लेख नगरीकन पनि समस्या वा गुनासो राख्ने गरेका छन र गुनासो सुनुवाई समितिले गुनासो राख्ने बालबालिकाको गोपनीयता, सम्मान र सुरक्षालाई ध्यानमा राख्दैआवश्यक समाधानवा सम्बोधनगर्ने गर्छ । समितिले समाधानगर्न नसकेकागुनासाहरु सम्बन्धित निकायमा सिफारिस समेत गर्ने गर्दछ ।

शिक्षा मन्त्रालय शिक्षा विभागले जारी गरेको नयाँ गुनासो सुनुवाई कार्यविधि २०७४ ले स्थानीयतहले यस कार्यविधि स्वीकृत वाअनुमोदन गरेको मितिबाट सम्बन्धित स्थानीयतहमालागू हुने भनेको छ । यस अनुसार स्थानीय तह भित्रका स्वीकृति वा अनुमति प्राप्त सम्पुर्ण विद्यालयमा यो लागु हुन सक्छ। यो कार्यविधि शिक्षा विभागको वेभसाईटमा उपलब्ध छ ।

स्थानीय सरकार संचालन ऐनको दफा ११ को ज को नं.१० मा उल्लेखित‘ विद्यालयको गुणस्तर अभिवृद्धि’लाई मध्यनजर गर्दै बालबालिकाको हितको लागि स्थानीयतहले यो कार्य विधिलाई अनुमोदन गर्नु पर्ने आवश्यकता देखिन्छ । स्थानीयतहका सम्पुर्ण  विद्यालयमा गुनासो पेटिका स्थापना भई यसको कार्यान्वयन भएमा पकै पनि विद्यालयबाट लैंगिक हिंसा, दण्ड सजाय, बुलिंग जस्ता घटनाहरु न्युनिकरण हुनेछ र बालबालिका भयरहित, हिंसारहित, सुरक्षित वातावरणमा पढन र आफ्नो बालअधिकारको पुर्ण अनुभुतिगर्न पाउनेछन ।

रामनारायण साह
कार्यक्रम संयोजक
सा.स.जि.स.स.पर्सा

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वंगलादेशको म्यासेज

कालिका टाईम्स

ममता र मानवताकाे महापर्व छठ पुजा

कालिका टाईम्स

हाम्रो पत्रकारिताः भित्तेपत्रिका हुँदै डिजिटल पत्रकारितासम्म

कालिका टाईम्स
SQL requests:217. Generation time:3.506 sec. Memory consumption:81.73 mb