31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

महुवनमा अायोजित कुस्ती प्रतियोगिताकाे सांसद यादव द्वारा उद्घाटन

पर्सा, २ कात्तिक । वडा दशैंको अवसरमा पर्साको सखुवा प्रसौनी गाउँपालीकाको वडा नं. ५, महुवनमा मेला लागेकाे छ। मेलामा अाज कुस्ती प्रतियोगिताकाे समेेत अायाेेेजना गरिएकाेे थियाे ।

प्रतियोगीतामा नेपाल र भारतका राष्टिय स्तरका १०० भन्दा वढि महिला तथा पुरुष कुस्ती खेलाडीहरु सहभागी भएका थिए । नेपालको पर्सा, बारा तथा काठमान्डौ र भारतको अयोध्या, गोरखपुर, मथुरा, पंजाब हरियाणा ,दिल्ली तथा जम्मुका युवा तथा युवती कुस्ती खेलाडीहरु यो प्रतियोगीतामा प्रतिस्पर्धा गरेका थिए ।

कुस्ती प्रतियोगीताको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एव् पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले उदघाटन गरेेेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै यादवले केन्द्रिय सरकारको दोधारे नितीका कारण प्रदेश नम्बर दुईमा खेलकुद र खेलाडीको विकास हुन नसकेको आरोप लगाए ।

उनले तराई मधेशको शान र पहिचानको रुपमा रहेको कुश्ती खेल र खेलाडीहरुको संरक्षणमा सरकारले गरेको उपेक्षताले कुस्ती खेलको विकास हुन नसकको बताउदै उहाले यसको संघीय संंसदमा आवाज उठाउने बताए । सांसदले यादवले यो खेलको लागि प्रदेश नम्बर दुईको प्रत्येक जिल्लामा प्रशिक्षण केन्द्र खोल्नका लागि प्रदेश सरकार समक्ष पहल गर्ने प्रतीबद्धता जनाए ।

प्रतीयोगीतामा प्रदेश नम्बर दुईका प्रदेश सभा सदस्य प्रहलाद गिरी, सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जैसवाल ,जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पर्सागढी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष असलम आलम , संघीय प्रेस फोरमका अध्यक्ष आर.के. पटेल लगायतको उपस्थिती रहेको थियो ।

मेला शनिबार सम्म लाग्ने र मेला भलिबल प्रतियोगिता समेत आयोजना गरिएको स्थानी शुनिल जयशवालले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.594 sec. Memory consumption:81.45 mb