22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

भारतिय एस.एस.बि. द्वारा चार केजी चरस सहित युवक पक्राउ

राजन कुमार बानिया  ।

पाेखरिया, ३१ असाेज ।

भारतको सिमावर्ती पुरैनिया गाउँको नजिक बाट सिकटा एसएसबी का जवानहरुले मोटरसाइकल चेक जाँचको क्रम मा चार केजी चरस सहित एक जनालाई पक्राउ गरेको छ।

एसएसबीले दिएको जानकारी अनुसार पक्राउ  पर्नेमा बिहार सिकटा थाना क्षेत्रको शिकारपुर गाउँ निवासी रामबाबु प्रसादको ३०वर्षिय छोरा चन्दन कुमार रहेका छन । निजलाई भारतिय नं. बि अार २२ ए ४४७९ मोटरसाइकल र  चरस सहित  पक्राउ गरिएको भारतिय एस.एस.बि.ले जनाएको छ ।

चन्दन कुमारले पटेर्वासुगौली गाउँबाट मोटरसाइकलमा चार केजी चरस सेटिंग गरी लक्षमीपुर सबैठवा नाका भएर भारत तर्फ लगि रहेको अवस्थामा सोमबार रातीमा एसएसबीका कमाण्डर सुमित कुमारको नेतृत्वमा रहेको टोलीले चेकजाच गरेपछी सो मोटरसाइकलमा रहेको चरस पक्रउ गरेकोको हो ।

मोटर साईकल पछाडि बसेका एकजना एसएसबी जवान लाई हेरी नेपाल तरफ भागन सफल भएको र पक्राउ परेका मान्छे, चरस र मोबाइललाई अावश्यक कार्वाहीको लागि सिकटा थानामा बुझाएको पंटोका एसएसबी कमाण्डेड पिर्यबर्थ शर्माले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.824 sec. Memory consumption:81.45 mb