31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

लियो क्लब द्धारा दशै, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान

वीरगंज,२७ असोज । हिन्दुहरुको महान चाडपर्व बडा दशै ,दिपावली, नेपाल सम्वत ११३९ र छठपर्वको अवसरमा लियो क्लब अफ वीरगंजले शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

वीरगंजको मुर्लीमा रहेको सगरमाथा एकेडमी प्रालिको प्रांगणमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । क्लबका सम्पुर्ण पदाधिकारीले शुभकामना आदान प्रदान गर्दे बडादशै ,दिपावली, नेपाल सम्वत ११३९ र छठपर्वलाई एक अर्कोमा आपसी सदभाव ,भाईचारा , हर्षा उल्लासका साथ मनाउने भन्दै एक आपसमा शुभकामना सटासाट गरेका थिए ।

साथै क्लबमा आवद्ध भएका भगवती सिग्देल ,अमृता ठाकुर , अन्जना साह ,नाजिया रेहमानी लगायतका नयाँ सदस्यलाई स्वागत गरीएको क्लबका सचिव महम्द मेराजुल हवारीले जानकारी दिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा लियो क्लब अफ वीरगंज कि अध्यक्ष लियो सिमोन गुरुगं,उपाध्यक्ष अंजली गर्ग ,कोषाध्यक्ष रामविनेश यादव ,पुर्व अध्यक्षहरु सरीता खड्गी ,दिपेन्द्र यादव ,रिसभ राजअग्रवाल ,सल्लाहकारद्धव तिवारी यादव, ईश्क कुमार, अन्कित श्रेष्ठ ,दिलपाल साह लगायतका गरी क्लबका २५ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:5.101 sec. Memory consumption:81.45 mb