24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

अबैध रुपमा उत्पादित घरेलु मदिरा नष्ट

वीरगंज, २४ असोज ।
पर्साको ठोरीमा अबैध रुपमा संचालनमा रहेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । ठोरी गाउँपालिकाको वडा नं. १, दिपकनगर, भगवाननगर, गौतमनगर स्थित अबैध रुपमा संचालनमा रहेको मदिरा भट्टीमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

भट्टीमा उत्पादन गरिएको तयारी मदिरा आन्दजी ३ सय लिटर र कच्चा पदार्थ अन्दाजी २ हजार लिटर र भाडाकुडा समेत बरामद स्थानिय भद्र भलादमी तथा बुद्धिजिबीहरुको रोहबारमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

अबैध रुपमा मदिरा उत्पादन बिक्री वितरणलाई समेत नियन्त्रण गर्नको लागि इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले मदिरा नष्ट गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.287 sec. Memory consumption:81.41 mb