30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

बहुदरमाईको दोस्रो नगर सभा सम्पन्न, ५४ करोड ४२ लाख बराबरको अनुमानित आय प्रस्तुत

पर्सा, २२ असोज ।
पर्साको बहुदरमाई नगरपालिकाको दोस्रो नगर सभा आज सम्पन भएको छ । नगरपालिकाका मेयर नितेन्द्र साहको अध्यक्षतामा भएको नगर सभाले ५४ करोड ४२ लाख बराबारको अनुमानित आय प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७५/०७६ मा प्राप्तहुने वित्तीय समानीकरण, सशर्त अनुदान, सामाजिक सुरक्षा, आन्तरिक आय तथा अन्य आय गरी कूल ५४ करोड ४२ लाख अनुमान गरिएको मेयर साहले वताए । आयलाई चालु तथा पूँजीगत शिर्षकमा वाँडफाँड गरी नगरपालिकाले लिएका मुख्य मुख्य नीति तथा योजनालाई बजेटले खामे सम्म समेट्ने प्रयास गरिएको साहले जानकारी गराए ।

बहुदरमाई नगरपािलकाको विकास र सम्बृद्धिको आधार, शिक्षा, स्वास्थ्य, कृर्षि र पुर्बाधार दोस्रो नगर सभाको नारा रहेको छ । आर्थिक बर्ष २०७५/०७६ लागी नगर सभाले शिक्षामा ११ करोड ६१ लख, कृर्षिमा ४७ लाख ३० हजार, पशुमा २८ लाख ७ हजार, वन तथा वातावरणमा २७ लाख ६ हजार, विपत ब्यवस्थापन आर्थिक सहयोग समेतमा २७ लाख, नगर क्षेत्रका सडक, सार्वजनिक सम्मपति मर्मत संम्भार ५५ लाख, खानेपानी सरसफाई ३७ लाख, धर्म संस्कृति, दिवस प्रर्बधन कार्यक्रम ४० लाख, स्वस्थ्य तर्फ ३ करोड ८५ लाख ६१ ह्जार, पुर्वाधार विकास कार्यक्रम २० करोड ५६ लाख ९७ हजार २ सय ४ रुपैया, प्रशासनिक खर्च (कर्मचारी र पद्याधिकारी समेत) ७ करोड २७ लाख, सामाजिक सुरक्षा भता वितरण ५ करोड १५ लाख, सामाजिक समावेशि विकास कार्यक्रम ३३ लाख ६१ हजार लगायतको बजेट पारित गरेको छ ।बजेट निर्माण गर्दा हामीले आर्थिक विकास तथा गरिवीनिवारणमा प्रत्यक्ष योगदान पुर्याउने, उत्पादनमूलक र छिटो प्रतिफल दिने, राजश्व परिचालनमा योगदान पुर्याउने, सेवाप्रवाह, संस्थागतविकास र सुशासनमा योगदान पुर्याउने, स्थानीय स्रोत साधनमा आधारित भई जनसहभागिताको अभिबृद्धि गर्ने, लैङ्गिक समानता, सामाजिक समावेशीकरणको अभिबृद्धि गर्ने, दीगो विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनमा योगदान पुर्याउने, बहुदरमाई क्षेत्रकाकला र संस्कृतिको पहिचान र प्रबद्र्धन गर्ने, स्थानीय नागरिकको आवश्यकता र मागलाई सम्बोध नगर्ने, जनताको जीवन स्तरमा प्रत्यक्ष फाइदा हुने, आयआर्जन गर्न तथा रोजगारीमा बृद्धि हुने योजनाहरुलाई प्राथमिकता दिएको साहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:217. Generation time:3.747 sec. Memory consumption:81.45 mb