7 April 2025
KALIKATIMES.COM

तलबको मांग गर्दै कालिकामाईका शिक्षकहरु द्वारा गाउँ कार्यपालिकाको कार्यालय घेराउ

पर्सा, २२ असोज ।
तलब नपाएका शिक्षकहरु कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय आज घेराउ गरेका छन । गाउँपालिकाका अन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरुले तलब भताको माग गर्दै गाउँ कार्यपालिकाको कार्यालय मुडली घेराउ गरेका हुन ।

दशैं नजिकदै जादा पनि २०७५ साउन महिना देखी हाल सम्मका तलब नपाएका शिक्षकहरु आन्दोलित भएका हुन । बिगत केही दिन देखी पटक पटक गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई मौखिक तथा लिखित रुपमा तलब भताको माग गर्दै आएका शिक्षकहरु तलब नपाए पछि गाउँपालिकाका कार्यालय घेराउ गरेका हुन ।

यस अघि गाउँपालिका अन्तर्गतका १० वटा सामुदायिक बिधालयका सम्मपुर्ण प्रध्यनाध्यापकहरुले गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुश्वाहालाई तलब भताको मांग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

अध्यक्ष कुश्वाहाले असोज २१ गते, आइतबार सम्म तलबभता पठाउने वताए पनि तलब नपाएका कारण गाउँ कार्यपालिकाको कार्यालय घेराउ गरिएको प्रध्यानाध्यापक आबास मियाँले बताए ।

आन्दोलित शिक्षकहरु संग प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले असोज २५ गते सम्म तलब भता बिधालयको खातामा गई हाल्ने आश्वासन दिए पछि शिक्षकहरु हालको लागि आन्दोलन स्थगित गरेका छन । २५ गते सम्म पनि विद्यालयको खातामा तलब गएन भने फेरी २६ गते देखी कडा आन्दोलन गर्ने चेतावनी शिक्षकहरुले दिएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

भ्रष्टाचार विरुद्ध र सुशासनकाे लागि वीरगंजमा युवा संघकाे विराेध र्‍याली

कालिका टाईम्स

अभिभावक संघकाे कार्यक्रममा ४ महिला सहित ७७ जानाद्वारा रक्तदान

कालिका टाईम्स

कालिकामाईकाे भेडिहारीमा गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

कालिका टाईम्स
SQL requests:215. Generation time:5.956 sec. Memory consumption:82.43 mb