30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

गैससहरुको स्थान, भुमिका र चुनौति विषयक प्रदेश स्तरिय छलफल कार्यक्रम जनकपुरमा सम्पन्न

जनकपुर, २१ असोज ।
गैससहरुको स्थान, भुमिका र चुनौतिहरुमा प्रदेश स्तरिय छलफल कार्यक्रम आज जनकपुरमा सम्पन्न भएको छ ।  नागरिक संस्थाहरुको सवल वातावरण निर्माणको लागि छलफल गर्न जनकपुरको होटल सिटी स्टारमा भएको कार्यक्रम सम्पन्न भएको हो ।

गैसस महासंघ नेपाल प्रेश नं. २ का अध्यक्ष धिरेन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नं. २ का अध्यक्ष मनोज सुनुवार, अपाङ्ग महासंघ प्रदेश नं. २ का अध्यक्ष किरण पासवान, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कर्ण लगायत महासंघका प्रदेश पदाधिकारी, जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश समाजिक विकास ऐन २०७५ बारे गैसस महासंघ नेपालका केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का इन्चार्ज रामचन्द्र साहले प्रस्तुती गरेका थिए । गैर सरकारी संस्था महासंघ नेपाल प्रदेश नं. २, जनकपुरधामले आयोजना गरेको कार्यक्रममा स्वागत मन्तव्य महासंघका प्रदेश उपाध्यक्ष नागेन्द्र दुवेले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.592 sec. Memory consumption:81.41 mb