Date
शनि, मंसिर ५, २०८३
Sat, November 21, 2026
Home Blog Page 934

वयाेधा अस्पतालका २८ जना काेराेनामुक्त

0

वीरगञ्ज । नारायणी वयोधा अस्पताल वीरगंजका २८ जना कोरोना निकाे भएर घर फर्केका छन् । अस्पतालले उपलब्ध गराएकाे जानकारी अनुसार ७ महिलासहित २८ अस्पतालका कर्मचारी मंगलबार कोरोना संक्रमण मुक्त भएर घर फर्केका हुन ।

सङ्क्रमणमुक्त भएर घर फर्किनेमा ९ जना चिकित्सक, ९ जना नर्स, ८ जना हाउस किपिंङका कर्मचारी, एक जना निलिंङ शाखाका कर्मचारी र एक जना संयोजन कर्मचारीसहित २८ जना कोरोनालाई पराजित गरेर घर फर्केको अस्पतालका माक्रेटिङ हेड कृष्णा साहले जानकारी दिए ।

कोरोनालाई पराजित गर्नेमा वरिष्ठ सर्जन डा. रंजन कुमार झा र रेडियोलोगिस्ट डा. प्रदीप साहपनि रहेका छन् ।

डिस्चार्ज भएका कर्मचारीहरु मध्ये केहि अस्पतालमै बस्दै आएका थिए भने केहि होम र केहि पेड होटल आइसोलेशनमा बस्दै आएको साहले बताए । उनले अहिलेपनि २२ जना कर्मचारी सङ्क्रमित भएर आइसोलेशनमा बस्दै आएको जानए ।

दाेस्राे पटक गरिएकाे परिक्षणमा ३ जनाकाे पुन: काेराेना पाेजिटिभ रिपाेर्ट आएकाे उनले जनाए । रिपाेर्ट पाेजिटिभ आएपनि स्वास्थ्य अवस्था ठिक रहेकाे तिनै जना हाेम आइसाेलेसनमा रहेकाे साहले जानकारी गराए ।

रेडक्र्स पर्साद्वारा विभिन्न ठाउँमा सेल्फ प्याड्ल सेनिटाइजर मेसिन जडान

0
वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा सेल्फ प्याड्ल सेनिटाइजर मेसिन जडान जगरिएकाे छ । नेपाल रेडक्रस सोसाइटीको समन्वय एवं युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड-१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई एक थान सेल्फ प्याड्ल सेनिटाजर मेसिन प्रदान गरिएको हाे ।
 
जिल्ला प्रशासन कार्यालय पर्सा मै जडान गरिएकाे उक्त मेसिनकाे प्रमुख जिल्ला अधिकारी तामाङ आफै उदघाटन गर्दै  रेडक्रसलाई धन्यवाद दिए । सो मेसिन हस्तान्तरण रेडक्रम पर्सा शाखाका सभापती बिरेन्द्र राज कंडेल, कार्यक्रम अधिकृत उमेश मिश्र र लेखापाल बिर समसेर प्रसाद कुर्मिको रोहबरमा गरिएकाे थियाे ।
 
यस्तै कोरोना संक्रमणबाट मृत्यु भएका शवलाइ ब्यवस्थापन गर्नका लागि रेडक्र्सले नेपाली सेनालाइ २० थान शव ब्यवस्थापन ब्याग र सेल्फ प्याड्ल सेनिटाइजर मेसिन १ थान सहयाेग गरेकाे छ । रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेल, मन्त्री शैलेन्द्र कुमार चौरसिया र कोषाध्यक्ष महन्थ प्रसाद यादवद्वाराले साे सामग्री नेपाली सेनलाई प्रदान गरेका हुन् ।
 
यस्तै नेपाल रेडक्र्स सोसाइटी पर्सा जिल्ला शाखाद्वारा संचालित रक्तसञ्चार केन्द्र बिरगंजमा दिनहु बिरामी ब्यक्तिको कुरुवाहरु आउने जाने गरेकाे र त्यहाँ कार्यरत रहेका कर्मचारिहरु तथा सेवाग्राहीहरुको लागि पनि एक थान सेल्फ प्याड्ल सेनिटाजर मेसिन प्रदान गरिएकाे रेडक्रसका राजन श्रीवास्तवले जानकारी दिए ।
 
रेडक्रस पर्सा शाखाका मन्त्री शैलेन्द्र कुमार चौरसियाले उक्त मेसिनकाे उदघाटन गरि रक्तसञ्चार केन्द्रमा स्थापना गरेकाे उनले जानकारी गराए ।
 
यस्तै नेपाल रेडक्रस सोसाइटीको समन्वय एवं युनिसेफ नेपालको सहयोगमा संचालित कोभिड-१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तरगत रेडक्र्स पर्सा जिल्ला शाखामासमेत जडान गरिएकाे श्रीवास्ते जनाए । रेडक्रस पर्साका सभापते कंडेलले सेल्फ प्याड्ल सेनिटाजर मेसिनकाे उद्घाटन गर्दै कर्मचारीहरु स्वयं र सेवाग्राहीहरुले समेत अनिर्वाय रुपमा प्रयोग गरी कोरोना संक्रमणबाट बचन र बचाउन आग्रह गरे ।

नेपालमा थप ११ काेराेना संक्रमितकाे मृत्यु, मृतककाे संख्या १७५ पुग्याे

0

काठमाडौं । नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लाे २४ घण्टामा २ महिला र ९ पुरुष गरी ११ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

योसँगै कोरोना संक्रमित मृतककाे संख्या १ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ७ वटा जिल्लाका २ महिला र ९ पुरुष गरी ११ जना रहेका छन् । महोत्तरीमा मात्र तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । 

मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाराका ४१ र ३६ वर्षीय पुरुष, काठमाडौंका ५१ र बाँकेका ३७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज

0

काठमाडौँ । नेपालमा थप ८८५ जनामा कोरोना भाइरसका संक्रमण फेला परेकाे छ । पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा २४ घन्टामा ३८५ जना निको भएर घर फर्किएकाे जनाइएकाे छ । हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २५२ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार ७३९ जना रहेको छ ।

वीरगञ्जलाई ग्रिनजोन बनाउँन मेयर सरावगीद्वरा भर्चुवल छलफल

0
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी र नागरिक सरोकार समाज वीरगञ्ज बीच भर्चुवल छलफल सम्पन्न भएको छ ।
 
बुधबार मिट एपमार्फत भएको भर्चुवल छलफलमा कोरोना महामारीलाई पराजित गर्न सबै मिलेर अगाडी बढ्नुको विकल्प नरहेको नागरिक सरोकार समाजका अगुवाहरुले बताएका थिए । उनीहरुले अहिले संकटको अवस्थामा पनि राजनीतिक द्वेष र व्यक्तिगत रिसिवि भन्दामाथि उठेर सम्पूर्ण जिल्लावासीको हितका बारेमा सोच्न आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।
 
वक्ताहरुले कर्मचारी व्यवस्थानदेखि मृतक सङ्क्रमितहरुको शव व्यवस्थापनमा देखिएको समस्याका बारेमासमेत नगरप्रमुख सरावगीलाई जानकारी गराएका थिए । उनीहरुले निषेधाज्ञाको मोडालिटीलाई परिवर्तन गर्दै बजारलाई क्रमस आवश्यकताको आधारमा खुकुलो बनाउँदै जानुपर्ने सल्लहा समेत दिएका थिए ।
 
त्यसैगरी छलफलमा खुल्ला सिमानाबाट अहिलेपनि आवत जावतको क्रम नरोकिएको विषयलाई सबैले गम्भीरताका साथ् उठाउँनका साथ् समस्यालाई जराबाट समाधान गर्न सबै स्थानीय प्रशासन, जिल्लाका सम्पूर्ण स्थानीय तह र अन्य सरोकारवाला निकायलाई एउटा साझा मञ्च निर्माण गरेर काम बाँडफाँड गर्न सुझाए दिएका थिए ।
 
छलफलको सुरुवातमा नागरिक सरोकार समाजले हालसम्म गरेको गतिविधिका बारेमा लेखक एवम् उद्योगी गणेश लाठले प्रकाश पारेका थिए ।
 
छलफलको क्रममा प्लाज्मा थेरापीबाट वीरगञ्जमा पनि छिटो भन्दा छिटो कोरोना सङ्क्रमितहरु उपचार सुरु गराउँने पहल गर्न नगरप्रमुख सरावागुलाई अनुरोध गरेका थिए ।
 
जिल्लाका प्रतिष्ठित राजनीतिज्ञ, व्यातित्व, व्यवसायी, उद्योगी, सामाजिक अभियन्ता र सञ्चारकर्मीलगायत सहभागी रहेको छलफल वीरगञ्जका नगरप्रमुख सरावगीले आफु सङ्क्रमित भएको समयमा पनि जिल्लामा भइरहेको सम्पूर्ण गतिबिधिहरुका बारेमा आफु जानकारी लिएरहेको बताएका थिए । उनले आफ्नो अनुपस्थितिमा कोरोना भाइरस महामारीका कारण जिल्ला र विशेषगरी वीरगञ्जमा उत्पन्न समस्याहरुको समधानका लागि विभिन्न कदम चाल्ने योजनाहरु रहेको जानकारी दिए ।
 
सरावगीले सर्वप्रथम एक घर एक पिसिआर अभियान पुन: सञ्चालन गरिने बताए । उनले पिसिआर परिक्षणको दायरा बढाउँनका साथै आइसोलेशन सेन्टरहरु थपिने योजना समेत बनाएको जानकारी दिए ।
 
‘हाम्रो अहिलेपनि पहिलो प्राथमिकता एक घर एक पिसिआर परिक्षण रहेको छ, त्यसपछि हामीले बढी भन्दा बढी आइसोलेशन सेन्टरहरुको व्यवस्थापन तर्फ लागेका छौं र त्यसका लागि आवश्यक कार्य पनि भइरहेको छ,’ नगरप्रमुख सरावगीले भने, ‘अहिले हामीले आशाराम अस्पतालमा ६० शय्याको र बाबा होटलमा २ सय शय्याको आइसोलेशन सेन्टर थप्दै छौँ । त्यसपछि विभिन्न निजि विद्यालय र कलेजहरुसँग समेत आइसोलेशन स्थापनाका लागि हामीले छलफल अगाडी बढाएका छौँ ।’
 
परिक्षण बढाउँनका लागि एक हफ्ता भित्र नयाँ पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया अगाडी बढेको नगरप्रमुख सरावगीले जानकारी दिए । त्यसैगरी उनले वीरगञ्जमै पहिलो पटक गम्भीर किसिमका विरामीहरुको उपचारका लागि आइसीयु एम्बुलेन्सको व्यवस्थापन गरिएको बताए ।
 
नगरप्रमुख सरावगीले महानगरको तर्फबाट राहत वितरणका लागि एक हजार थान खाद्यान्न सामग्री समेत तयार पारिएको जानाकरी दिए । आवश्यक परे महानगरको सम्पूर्ण विकास बजेटसमेत कोभिड व्यवस्थापनमा प्रयोग गर्नेगरी आफुले कार्यपालिका सदस्यहरुसँग छलफल अगाडी बढाएको बताए ।
 
सामाजिक अभियन्ता ओमप्रकाश सर्राफको संयोजनमा भएको छलफलमा प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, जनता समाजवादी पार्टीका नेता राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव मादव राजपाल, पुर्व अध्यक्षद्वय गणेश लाठ र अशोक टेमानी, स्वास्थ्य मन्त्रालयको कोभिड नियन्त्रण समितिका सदस्य सञ्जय खेतान, महानगरका सञ्चार संयोजक गोविन्द देवकोटा, वरिष्ठ सञ्चारकर्मी महेश दास, सामाजिक अभियन्ता प्रकाश थारु, वृजेस्वर चौधरी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, संस्कृतीका सह-संस्थापक एवम् उपाध्यक्ष आशुकुमार सर्राफलगायतको सहभागिता रहेको थियो ।

पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग

0

वीरगंज । काेभिड एक्सन टिम (क्याट) पर्साकाे पहलमामा पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग गरिएकाे छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सा र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र वीरगंजले पाेखरिया अस्पतालकाे आइसाेलेसमा रहेका काेराेना संक्रमितहरुकाे लागि आयूर्वेदिक काढा र औषधी सहयाेग गरेका हुन् ।

पाेखरिया अस्पताल मै पुगेर क्याट समुह, स्वास्थ्य केन्द्र र सात्विकका प्रतिनिधिहरुले साे समाग्री बुधबार हस्तान्तरण गरेका छन् । स्वास्थ्य केन्द्रले सितोपलादी चूर्ण, त्रिफला चूर्ण, आमला चूर्ण, अश्वगंधा चूर्णको मिश्रण ३४ प्याकेट र सात्विकले गरेकाे गिलाेय सहयाेग हस्तान्तरण गरिएकाे हाे  । 

क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातनुलाई साे सामग्री हस्तान्तरण गरे ।

साे अवसरमा क्याटका सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, तत्कालिन समाजवादी पार्टीका जिल्ला सचिव एवं क्याटका सदस्य तबरेज अहमद, सात्विकका शशि भूषण प्रसाद र उमेश पंडित लगायतकाे उपस्थिती रहेकाे थियाे ।

वीरगंजकाे काेभिड अस्पतालमा बाराकाे दुई संक्रमितकाे मृत्यु

0

वीरगन्ज । वीरगंजको कोभिड अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा मंगलबार राति बाराका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो। 

बाराको विश्रामपुर गाँउपालिका- १ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए। उनका अनुसार छतवाका ४२ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरोसमेत आएपछि मंगलबार पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ पुष्टि भएपछि दिउँसो वीरगंज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए।
 
यस्तै वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै ७ दिनदेखि उपचाररत बाराकै कलैया उपमहानगरपालिका-१ का ७० वर्षीय पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ। श्वास प्रश्वासमा समस्या देखिएपछि भदौ २ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएपछि उनी त्यहिदिन वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए। उपचारका क्रममा उनको मंगलबार राति ८ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

यसअघि मंगलबार बिहान बाराकै दुई जना पुरुष संक्रमितकाे वीरगन्जको अर्को गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

पर्सागढीका १२ सहित पर्सामा थप १९ जनामा काेराेना संक्रमण

0
वीरगंज । पर्सामा थप १९ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टी भएको छ । बुधबार ४ महिला र १५ पुरुष गरी १९ जनामा संक्रमण फेला परेकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
 
प्रशासन कार्यालयले जनाए अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं. ०४, ०५, ९, १५, १६ र २२ मा १-१ जना संक्रमण पुष्टि भएकाे छ ।  
 
यस्तै धाेबिनी  गाउँपालिकाकाे वडा नं. ०३ को – १ जना र पर्सागढी नगरपालिका वडा नं. ४ को – १२ जना  संक्रमित भएका छन् ।
 
याेसंगै पर्सामा कोरोना संक्रमित पुष्टि हुने संख्या एक हजार ९ सय ९८ पुगेकाे छ । जसमा एक हजार ५ सय ५९ पुरुष र ४ सय ३९ महिला रहेकाे प्रशासन कार्यालयले जानकारी दिएकाे छ ।

झन्डा जलाउनेकाे बचाउ गर्ने आङकाजीकाे विरुद्धमा उनकै पार्टीका विद्यार्थी नेता

0

मंगोलन नेशनल अर्गनाइजेसन समर्थित गेल्जेन दोर्जीसहितको समूहले नेपालको झण्डा जलाइएको भिडियो गीत युट्युबमा राखेपछि प्रहरीले गेल्जेनकाे समूहलाई पक्राउ गरी कारबाही अघि बढाउदा जसपा नेता आङ काजी शेर्पाले उनीहरुको बचाउ गर्न खोज्दा जसपा कै विद्यार्थी नेता कृष्णा चौरसियाले कडा आपती जनाएका छन ।

जसपा विद्यार्थी संगठन पर्साका उपाध्यक्षसमेत रहेका चौरसियाले जनता समाजवादी पार्टीमा कुनै पनि नेतालाई गैरजिम्मेवार कुरा गर्दै हिड्ने छुट नरहेकोले पार्टीभित्र आङकाजी वा अरु कसैले पनि राष्ट्र र राष्ट्रियताविरुद्ध गतिविधि गर्छ भने जनता समाजवादी पार्टीमा त्यसको स्पेस रहँदैन, पार्टीले कारबाही गरी अगाडि बढ्नु पर्ने बताए ।

नेता चौरसियाले कोरोना महामारी नियन्त्रणका लागि गरिएको लक डाउन नभएको भए हामी आफ्नै पार्टीका नेता आङकाजी विरुद्ध सडकमा उत्री सकेका हुन्थ्यौं । अवस्था सामान्य हुने बितिकै हामी आन्दोलित जानेसमेत उनले बताए ।

कालिकामाईका १२ सहित पर्सामा थप ३२ जनामा काेराेना संक्रमण

0
 वीरगंज । पर्सामा थप ३२ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा १० महिला र २२ पुरुष रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
प्रशासन कार्यालयका अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं. ३, ४, ८, ९, १०, ११, १५, १६, १७ मा १-१ जना, वडा नं. १२ मा ३ जना र वडा नं. १४ मा २ जनामा संक्रमण देखिएकाे छ ।
 
यस्तै मंगलबार संक्रमण पुष्टि हुनेमा कालिकामाई गाउँपालिकाकाे १२ जना रहेका छन् । कालिकामाइ गाउँपालिकाकाे वडा नं. २ काे ४ जना र वडा नं. ५ काे ८ जनामा संक्रमण फेला परेकाे प्रशासन कार्यालयले जनाएकाे छ ।
 
कालिकामाईकाे २ जना संक्रमित स्वास्थ्यकर्मीकाे कन्टेक्ट ट्रेसिङमा परेकाे ३६ जनाकाे स्वाब संकलन गरेर पसिआर परिक्षण गराउदा ५ महिलासहित १२ जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे गाउँपालिका स्वास्थ्य संयाेजक याेगेन्द्र चाैरसियाले वताए ।
 
संक्रमित हुनेमा ३ जना स्वास्थ्यकर्मीसमेत रहेकाे संयाेजक चाैरसियाले जानकारी गराए । उनका अनुसार  संक्रमित हुने स्वास्थ्यकर्मीमा पनि एक जना महिला रहेकी छन् ।
 
कालिकामाई कै २ जना संक्रमितकाे दाेस्राे पटक पिसिआर परिक्षण गराउदा रिपाेर्ट नगेटिभ आएकाे संयाेजक चाैरसियाले जानकारी दिए । 
 
यस्तै जगरनाथपुर गाउँपालिका वडा नं. २ को १ जना, वडा नं. ३ को १ जना, वडा नं. ५ को १ जना र वडा नं. ६ को १ जना गरी ४ जनामा संक्रमण पुष्टि भएकाे छ ।
 
याेसंगै पर्सामा कोरोना संक्रमितकाे संख्या एक हजार ९ सय ७८ पुगेकाे छ । जसमा एक हजार ५ सय ४३ पुरुष र ४ सय ३५ महिला संक्रमित रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।