Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज

spot_img
spot_img

काठमाडौँ । नेपालमा थप ८८५ जनामा कोरोना भाइरसका संक्रमण फेला परेकाे छ । पछिल्लो २४ घन्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा २४ घन्टामा ३८५ जना निको भएर घर फर्किएकाे जनाइएकाे छ । हालसम्म १९ हजार ५०४ निको भएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी २४ घन्टामा जम्मा १३ हजार २ सय ५३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ६ लाख ३५ हजार २५२ परीक्षणहरु गरिएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय ३२ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या १४ हजार ७३९ जना रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि...

जगरनाथपुरका प्रमुख प्रशासकीय अधिकृत यादवको बिदाई, केशरीलाई स्वागत

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सोमबार बिदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीलाई स्वागत...