Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नेपालमा थप ११ काेराेना संक्रमितकाे मृत्यु, मृतककाे संख्या १७५ पुग्याे

spot_img
spot_img

काठमाडौं । नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लाे २४ घण्टामा २ महिला र ९ पुरुष गरी ११ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

योसँगै कोरोना संक्रमित मृतककाे संख्या १ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ७ वटा जिल्लाका २ महिला र ९ पुरुष गरी ११ जना रहेका छन् । महोत्तरीमा मात्र तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । 

मोरङकी ४६ वर्षीया र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएको छ। यस्तै, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षीय पुरुष, बाराका ४१ र ३६ वर्षीय पुरुष, काठमाडौंका ५१ र बाँकेका ३७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

नेपालमा मृत्युदर शून्य दशमलव ५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...

मुख्य सडकको विद्युत् तार भूमिगत गर्न बजेट माग गर्दै सडक डिभिजन प्रमुखलाई मेयर सिंहले बुझाए पत्र

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि...

जगरनाथपुरका प्रमुख प्रशासकीय अधिकृत यादवको बिदाई, केशरीलाई स्वागत

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवको सोमबार बिदाई गरिएको छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुनिल केशरीलाई स्वागत...