Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग

spot_img
spot_img

वीरगंज । काेभिड एक्सन टिम (क्याट) पर्साकाे पहलमामा पाेखरिया अस्पतालकाे आइसाेलेसनमा आयूर्वेदिक औषधी सहयाेग गरिएकाे छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सा र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र वीरगंजले पाेखरिया अस्पतालकाे आइसाेलेसमा रहेका काेराेना संक्रमितहरुकाे लागि आयूर्वेदिक काढा र औषधी सहयाेग गरेका हुन् ।

पाेखरिया अस्पताल मै पुगेर क्याट समुह, स्वास्थ्य केन्द्र र सात्विकका प्रतिनिधिहरुले साे समाग्री बुधबार हस्तान्तरण गरेका छन् । स्वास्थ्य केन्द्रले सितोपलादी चूर्ण, त्रिफला चूर्ण, आमला चूर्ण, अश्वगंधा चूर्णको मिश्रण ३४ प्याकेट र सात्विकले गरेकाे गिलाेय सहयाेग हस्तान्तरण गरिएकाे हाे  । 

क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातनुलाई साे सामग्री हस्तान्तरण गरे ।

साे अवसरमा क्याटका सदस्य एवं नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेल, तत्कालिन समाजवादी पार्टीका जिल्ला सचिव एवं क्याटका सदस्य तबरेज अहमद, सात्विकका शशि भूषण प्रसाद र उमेश पंडित लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...