Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंजकाे काेभिड अस्पतालमा बाराकाे दुई संक्रमितकाे मृत्यु

spot_img
spot_img

वीरगन्ज । वीरगंजको कोभिड अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा मंगलबार राति बाराका दुई संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो। 

बाराको विश्रामपुर गाँउपालिका- १ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति पौने ११ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसीयाले जानकारी दिए। उनका अनुसार छतवाका ४२ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिनुका साथै ज्वरोसमेत आएपछि मंगलबार पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ पुष्टि भएपछि दिउँसो वीरगंज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए।
 
यस्तै वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै ७ दिनदेखि उपचाररत बाराकै कलैया उपमहानगरपालिका-१ का ७० वर्षीय पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ। श्वास प्रश्वासमा समस्या देखिएपछि भदौ २ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएपछि उनी त्यहिदिन वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका थिए। उपचारका क्रममा उनको मंगलबार राति ८ बजे मृत्यु भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

यसअघि मंगलबार बिहान बाराकै दुई जना पुरुष संक्रमितकाे वीरगन्जको अर्को गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...