Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाईका १२ सहित पर्सामा थप ३२ जनामा काेराेना संक्रमण

spot_img
spot_img
 वीरगंज । पर्सामा थप ३२ जनामा कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा १० महिला र २२ पुरुष रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
 
प्रशासन कार्यालयका अनुसार वीरगंज महानगरपालिकाकाे वडा नं. ३, ४, ८, ९, १०, ११, १५, १६, १७ मा १-१ जना, वडा नं. १२ मा ३ जना र वडा नं. १४ मा २ जनामा संक्रमण देखिएकाे छ ।
 
यस्तै मंगलबार संक्रमण पुष्टि हुनेमा कालिकामाई गाउँपालिकाकाे १२ जना रहेका छन् । कालिकामाइ गाउँपालिकाकाे वडा नं. २ काे ४ जना र वडा नं. ५ काे ८ जनामा संक्रमण फेला परेकाे प्रशासन कार्यालयले जनाएकाे छ ।
 
कालिकामाईकाे २ जना संक्रमित स्वास्थ्यकर्मीकाे कन्टेक्ट ट्रेसिङमा परेकाे ३६ जनाकाे स्वाब संकलन गरेर पसिआर परिक्षण गराउदा ५ महिलासहित १२ जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे गाउँपालिका स्वास्थ्य संयाेजक याेगेन्द्र चाैरसियाले वताए ।
 
संक्रमित हुनेमा ३ जना स्वास्थ्यकर्मीसमेत रहेकाे संयाेजक चाैरसियाले जानकारी गराए । उनका अनुसार  संक्रमित हुने स्वास्थ्यकर्मीमा पनि एक जना महिला रहेकी छन् ।
 
कालिकामाई कै २ जना संक्रमितकाे दाेस्राे पटक पिसिआर परिक्षण गराउदा रिपाेर्ट नगेटिभ आएकाे संयाेजक चाैरसियाले जानकारी दिए । 
 
यस्तै जगरनाथपुर गाउँपालिका वडा नं. २ को १ जना, वडा नं. ३ को १ जना, वडा नं. ५ को १ जना र वडा नं. ६ को १ जना गरी ४ जनामा संक्रमण पुष्टि भएकाे छ ।
 
याेसंगै पर्सामा कोरोना संक्रमितकाे संख्या एक हजार ९ सय ७८ पुगेकाे छ । जसमा एक हजार ५ सय ४३ पुरुष र ४ सय ३५ महिला संक्रमित रहेकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...